सिद्धार्थ बैंक समूहको नाफा ११३ करोड रुपैयाँ, ब्याज आम्दानीमा सुधार, निक्षेप आधार ७५ अर्ब

बिजमाण्डू
२०७४ बैशाख १२ गते ११:१३ | Apr 25, 2017
काठमाडौं। सिद्धार्थ बैंकले चैत मसान्तसम्म ९५ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ। बैंकको सहायक कम्पनीसहितको नाफा भने एक अर्ब १३ करोड नाघेको छ। अघिल्लो बर्षको चैतसम्म बैंकले ७८ करोड ५७ लाख रुपैयाँ मुनफा गरेको थियो। 
 
बैंकले चैतसम्मको खुद ब्याज आम्दानी एक अर्ब ८६ करोड रुपैयाँले बृद्धि गरेको छ। बैंकले ऋण लागानी ६६ अर्ब २६ करोड रुपैयाँ गरेको छ। बैकले कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ संकलन गरेको छ। 
 
बैकको चुक्ता पूँजी एक बर्षमा २ अर्ब ८१ करोडले बृद्धि गरि ५ अर्ब २५ करोड रुपैया पुर्याएको छ। बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशत रहेको छ। बैंकको पूँजी कोष अनुपात ११.६० प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ छ। 
 

Tata
GBIME
Nepal Life