नर्भिक हस्पिटल र फोर्टिज हस्पिटलबीच सहकार्य, अनलाइनबाट नेपालमै बसेर फोर्टिजको सेवा पाइने

बिजमाण्डू
२०७४ बैशाख ९ गते १७:४९ | Apr 22, 2017
नर्भिक हस्पिटल र फोर्टिज हस्पिटलबीच सहकार्य, अनलाइनबाट नेपालमै बसेर फोर्टिजको सेवा पाइने
काठमाडौं।नर्भिक हस्पिटलले भारतको सुविधा सम्पन्न हस्पिटल फोर्टिज ग्रुप अफ हस्पिटल्ससँग सहकार्य थालेको छ।

Tata
GBIME
Nepal Life


फोर्टिज भारतको कर्पोरेट हस्पिटलमा पर्छ जसको ४५ वटा हस्पिटल र १० हजार शैया छन्।नर्भिकको २४औं वार्षिकोत्सवका अवसरमा दुर्इ हस्पिटलबीच सहकार्यको घोषणा गरिएको हो।

हस्पिटलकी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्यले फोर्टिजसँगको सहकार्यले हस्पिटललार्इ थप उचार्इमा पुर्याएको बतार्इन्।फोर्टिजका वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले नर्भिकसँगको सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै नेपालका जटिल विरामीलार्इ फोर्टिजको अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै गर्न सकिने बताए।उनका अनुसार ९९ प्रतिशत उपचार फोर्टिजको अनलाइनको परामर्शमा गर्न सकिनेछ।