भृकुटीमण्डपमा चलिरहेको औद्योगिक व्यापार मेलामा अवलोकनकर्ताको भीड, तीन दिनमा ७५ हजारले अवलोकन

बिजमाण्डू
२०७४ बैशाख ९ गते १७:१८ | Apr 22, 2017
भृकुटीमण्डपमा चलिरहेको औद्योगिक व्यापार मेलामा अवलोकनकर्ताको भीड, तीन दिनमा ७५ हजारले अवलोकन
काठमाडौं।राजधानीको भृकुटीमण्डपमा भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा नविनतम मेलामा ७५ हजारले अवलोकन गरेका छन्।यो प्रदर्शनी विहिवारदेखि सुरु भएको हो।

Tata
GBIME
Nepal Life


नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको मेलामा तीन दिनमा साढे तीन करोड रूपियाँको कारोबार भएको छ ।महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मेलाले सर्वसाधरणलार्इ आकर्षित गरेको बताए।उनले वर्षात हुँदा समेत शनिबार सर्वसाधरण मेलामा आएको बताए।


लघु, घरेलु तथा साना उद्यमीहरु परम्परागत वस्तु उत्पादनमै सीमित रहेकाले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको बताए।

प्रदर्शनीमा २ सय १५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन्। केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु रहेका छन् । भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन्।  मेला सोमबारसम्म चल्नेछ।