व्यवसायीको माग: पसल अनुगमन गर्दा पूर्व सूचना चाहियो, व्यवसायीलार्इ विना कसुर थुन्न पार्इदैन

बिजमाण्डू
२०७४ बैशाख ८ गते १८:२५ | Apr 21, 2017
व्यवसायीको माग: पसल अनुगमन गर्दा पूर्व सूचना चाहियो, व्यवसायीलार्इ विना कसुर थुन्न पार्इदैन
काठमाडौं।कुनैपनि व्यवसायिक फर्ममा पूर्व सूचना दिएर मात्रै कर्मचारी अनुगमनमा आउनुपर्ने व्यवसायीले बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा शुक्रबार अत्यावश्यक वस्तुको आपूर्ति सम्वन्धी छलफल कार्यक्रममा उनीहरुले यो धारणा राखेका हुन्।

व्यवसायीले पूर्व सूचना दिएर मात्रै  व्यवसायिक फर्ममा कर्मचारी अनुगमनमा आउनुपर्ने बताएका छन्।
 
'सरकारी कर्मचारीले कुनै सूचना नदिर्इ पसलमा अनुगमन गर्दा हामी समस्यामा परेका छौं' चेम्बर अफ कर्मशका सचिव देवेन्द्रभक्त श्रेष्ठले भने,केही समस्यादेखिने वित्तिकै व्यापारीलार्इ प्रकाउ गर्ने र अनाहकमा थुन्ने प्रणालीले व्यवसायी हत्तोसाहित भएका छन्।'उनका अनुसार कुनै वस्तुको प्रयोगशाला परीक्षण आउन ढिला हुँदा व्यवसायनै प्रभावित हुने गरेको छ।
 
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले विभागलार्इ विशेष चाडपर्व वाहेक नियमित अनुगमनका लागि आग्रह गरे।उनले कर्मचारीले समेत आचरणमा बसेर व्यवसायिक फर्महरुको अनुगमन गर्नुपर्ने बताए।राष्ट्रिय उपभोक्ता महासंघका अध्यक्ष प्रेमलाल महर्जनले सरकारी अनुगमन फितलो हुँदा व्यवसायीले उपभोक्ता विपरित वस्तु तथा सेवा दिने गरेको आरोप लगाए।
 
'अहिलेनै चिनीको मूल्य ९० रुपैयाँ पुगेको छ।सरकारी अनुगमन नभएकोले ७५बाट चिनीको मूल्य आकासिएको हो'उनले भने,अनुगमन नहुँदा व्यापारीको मनोबल बढेको छ।'आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले कृषि वस्तुको उत्पादन बढेकोले आपूर्तिमा समस्या नहुने बताए।विभागका महानिर्देशक गोकुल धितालले निजीक्षेत्र सँग सहकार्य गरेर जान खोजेको बताए। विभागले वेवसाइट बनाएर प्रत्येक १५ दिनको मूल्यसूची सार्वजनिक गर्ने उनले बताए।