मूख्य शहरपछि शेयर ब्रोकरका शाखा अब पहाडी क्षेत्रमा, वाग्लुङ र लमजुङमा अर्को साता शाखा खुल्दै




काठमाडौँ।रेमिटेन्स र जलविद्युत आयोजनालार्इ लक्षित गर्दै शेयर ब्रोकरको शाखा पहाडी क्षेत्रमा खुल्न थालेका छन्।



नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बाग्लुङ र लमजुङमा शाखा खोल्न अर्को साता खुल्दैछ।बाग्लुङ सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने जिल्लामा पर्छ।लमजुङ जलविद्युत आयोजनाको  हबको रुपमा परिचित छ।विदेश बढी गएका र जलविद्युत आयोजना बढी भएका जिल्लालार्इ आधार बनाएर शाखा खोल्ने प्रतिस्पर्धा सुरु भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए।
 
'सुगममा मात्रै होइन अहिले पहाडी क्षेत्रमा समेत ब्रोकरको शाखा खोल्ने प्रतिस्पर्धा सुरु भएको छ। यसले विस्तारै शेयर बजारलार्इ फराकिलो बनाउँदै लैजान विश्वास समेत गर्न सकिन्छ'उनले बिजमाण्डूसँग भने,विदेशमा कमाएको पैसा उत्पादक क्षेत्रमा लगाउने बाटो समेत खुल्नेछ।'रेमिटेन्सको धेरैजसो उपभोगमा खर्च हुन्छ।उपभोगमा खर्च हुने तर त्यसले वास्तविक प्रतिफल नपाउने अवस्था हट्नेछ।
 
दिब्या सेक्यूरिटीजले सोमबारबाट बाग्लुङमा शेयरको कारोबार गर्ने जनाएको छ।कम्पनीका अध्यक्ष राम आचार्यले बाग्लुङका धेरै व्यक्ति विदेश गएको बताउँदै रेमिटेन्स रकम शेयर कारोबारमा लगाउन सकिने आधारमा शाखा खोलेको बताए।उनले पर्वत,स्याङजा र बेनीसम्मलार्इ ट्रार्गेट गरेर शाखा खोलेको बताए।आचार्यले जिल्लामा जलविद्युत आयोजना निर्माण भएकोले समेत शेयरमा आकर्षण रहेको बताए।
 
'अहिले यहाँ पनि धेरै जलविद्युत आयोजना निर्माण भइरहेको छ। आयोजनाले स्थानीय जनतालार्इ शेयर दिनुपर्छ।यो आधारमा शेयर कारोबारका लागि वाग्लुङ राम्रो प्रोस्पेक्ट भएको ठाउँ हो'उनले भने। लमजुङको वेशिशहरमा सुन्धारा सेक्यूरिटीजले एक सातापछि शेयर कारोबार गर्नेछ।जलविद्युतको हबको रुपमा रहेको लमजुङलार्इ केन्द्रित गरेर यो कम्पनीले शाखा खोल्न लागेको हो।

कम्पनीका  प्रवन्ध निर्देशक बद्रीगोविन्द श्रेष्ठले बैंक र इन्स्योरेन्सको शाखा खुलेको बताउँदै वेशिशहर क्षेत्रमा शेयर कारोबार गर्ने लगानीकर्ता समेत रहेकोले शाखा खोलेको बताए।उनले लमजुङमा धेरै जलविद्युत आयोजना निर्माण भएकोले भबिष्यमा शेयर कारोबारका लागि ठूलो सम्भावना देखेर मोफसल आएको बताए।
 
'शहर स्याचुरेशन जाने सम्भावना पनि हुन्छ।नयाँ ठाउँमा सम्भावना धेरै हुन्छ।हामीले मोफसलमा समेत पूँजी निर्माण गर्न सकिन्छ भनेर जान लागेका हौं' श्रेष्ठले।जलविद्युतको हबको रुपमा रहेको लमजुङमा २५ सय मेगावाट विद्युत उत्पादनन गर्न सकिने अध्ययनले देखाएको  छ।अहिले पनि जिल्लामा
 
अहिले मर्स्याङ्दी ७० मेगावाट, खुदी हाइड्रोपावर पाँच मेगावाट,राँदी हाइड्रोपावर चार मेगावाट, सिउरी हाइड्रोपावर पाँच मेगावाट, छ्याङ्दी दुइ मेगावाट, स्याँगे जलविद्युतको पाँचसय किलोवाट निर्माण भइसकेका छन् ।भारतको जिएमआरले अपर मर्स्याङ्दी बनाउन जग्गा अधिग्रहणको काम समेत अन्तिम चरणमा पुर्याएको छ।मर्स्याङ्दी, दोर्दी, दरौदी, मादी लगायतका आयोजना पहिचान भएर निर्माण सुरु भइसकेका छन् ।  
 
 

Share this Story

   

मूख्य शहरपछि शेयर ब्रोकरका शाखा अब पहाडी क्षेत्रमा, वाग्लुङ र लमजुङमा अर्को साता शाखा खुल्दै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.