Redbull

सरकारले कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्क्यायो, सामाजिक सुरक्षा ऐनका नाममा झुलाउँदै


काठमाडौं।सरकारले सामाजिक सुरक्षाका लागि कामदारबाट उठाएको १३ अर्ब रुपैयाँ भन्दा बढी रकम थन्क्याएर राखेको छ।



कामदारको पारिश्रमिकबाट एक प्रतिशत सामाजिक सुरक्षाका लागि उठाएको रकमको उपयोगका लागि ऐन समेत बनेको छैन।ऐन देखाएर कामदारको पारिश्रमलार्इ सरकारले आफ्नो ढुकुटीमा थन्क्याएर राखेको छ।

सरकारले आर्थिक वर्ष २०६६/०६७बाट कामदारबाट एक प्रतिशतका दरले सामाजिक सुरक्षा कर लिने गरेको थियो।रकम लिएको तीन वर्षपछि सामाजिक सुरक्षा कोषको कार्यालय पनि स्थापना गर्यो।यो कोषका लागि ४७ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ।तर काम नपाएर कोषले पाएको रकम बैंकमा थन्क्याएको छ।

बैंकमा राखेवापत आएको ब्याजले यो रकम ६१ करोड पुगिसकेको कार्यालयकी शाखा अधिकृत प्रमिला केसीले बतार्इन्।ऐनको अभावले सामाजिक सुरक्षाका कुनै काम गर्न नसकेको उनले बतार्इन्।सामान्य कार्यविधी समेत नबनार्इ सरकारले कामदारबाट रकम संकलन थाल्यो।रकम संकलनपछि मात्रै सरकारले कार्यविधी बनायो।

कोषले २०७०मै सामाजिक सुरक्षा ऐनको मस्यौंदा बनाएर श्रम तथा रोजगार मन्त्रालयमा पेश गर्यो।तर यही ऐनको मस्यौंदा संसदमा गएर अड्कियो।ऐनमा योगदानमा आधारित र राजस्वमा आधारित गरी दुर्इ क्षेत्रमा समेटियो।

मस्यौंदामा छलफल भइरहेको बेला संविधान आएपछि राजस्वमा आधारित सुरक्षा सरकारले आफ्ना मातहतका मन्त्रालयबाट गर्ने व्यवस्था भएकोले ऐनबाट हट्यो।राजस्वमा आधारित सुरक्षा भन्नाले बृद्ध भत्ता, एकल महिला, शहीद परिवार लगायतका विषय हुन् र योगदानमा आधारित सुरक्षा भन्नाले मजदुर र मालिक विचको सुरक्षा हो। 
 

Share this Story

   

सरकारले कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्क्यायो, सामाजिक सुरक्षा ऐनका नाममा झुलाउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.