बालाजुको वाइसधारा पार्क पुर्ननिर्माण सुरु, पार्कमा इभिनिङ लाइटदेखि फाउन्टेनसम्म

बिजमाण्डू
२०७४ बैशाख ८ गते ११:५६ | Apr 21, 2017
काठमाडौ।बालाजुको वाइसधारा पार्कको पुर्ननिर्माण सुरु भएको छ।काठमाडौं महानगरपालिकाले फागुनदेखि वाइसधारा पार्कको पुर्ननिर्माण थालेको हो।पार्क पुर्ननिर्माणका लागि महानगरले २ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
 
महानगरका सहरी विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीका अनुसार वाइसधारा पार्क आकर्षक बन्नेछ।पार्कको फूटपाथको टायल नयाँ राखिनेछ भने पोखरी सफा पारेर फाउन्टेन समेत निर्माण हुनेछ।उनले स्वदेशी पर्यटकको प्रमुख गन्तब्य बनाउने गरी पार्क निर्माण गरिने बताए।पार्कभित्र इभिनिङ लाइट समेत जडान गरेर आकर्षक बनाइने रेग्मीले बताए।पार्कभित्रै पिकनिक स्पट समेत छ।
 
भूकम्पले क्षतिग्रस्त भएको स्विमिङ पुलको मर्मत पनि सुरु भएको छ भने बच्चाका लागि छुट्टै सानो स्विमिङ पुल बनिरहेको छ।यो दुबै स्विमिङ पुल छिट्टै संचालनमा आउने रेग्मीले बताए।गत वर्ष पाँच करोडको लागतमा पार्कको पर्खाल निर्माण गरिएको थियो।

Tata
GBIME
Nepal Life

पार्कभित्र शितलामार्इ,बुढानिलकण्ठ,राधाकृष्ण,पार्वती,वनदेवी मन्दिर र गुम्बा समेत छ। पार्कमा भानुभक्तको शालिक र  राजा महेन्द्र तथा रानी रत्नको प्रतिमा समेत स्थापित छ ।पार्क १ सय ६२ रोपनीमा फैलिएको छ  ।