Redbull

बढ्दो ब्याज संवोधन गर्न परिसंघको अर्थमन्त्रीलाई आग्रह, महँगो ऋणले उत्पादनमा संकुचन


काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआइ) ले अर्थमन्त्री कृष्णवहादुर महरालाई भेटेर बढ्दो बैंक ब्याज दरलाई संवोधन गर्न माग गरेको छ। वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याज दरलाई सम्बोन्धन आवश्यक भएको भन्दै सिएनआइले औद्योगिक उत्पादनमा संकुचन आउन सक्ने जानकारी अर्थमन्त्रीलाई गराएको हो।
 
समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याज दरको असन्तुलन कम गर्न तथा निक्षेपकर्तालाई यथोचित प्रतिफल उपलब्ध गराई दीगो आर्थिक विकासका लागि सुलभ दरमा कर्जा प्रवाहको वातावरण सृजना  हुनु पर्छ।
---
२०७३ फागुनमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत केही नीतिगत सुधार गरे पनि वित्तीय प्रणालीमा कर्जाको अभावसँगै ब्याजदर समेत बढ्दै गएकाले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घटेर आयात बढ्ने परिसंघले जनाएको छ। 
 
परिसंघले निर्यात घट्ने,  कुलगार्हस्थ उत्पादनमा संकुचन आउने  र रोजगारीका अवसरहरुमा ह्रास आउने हुँदा यथाशीघ्र त्यसलाई सम्बोधन गर्न अर्थमन्त्रीसँग आग्रह गरेको छ। 
 
समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याज दरको असन्तुलन कम गर्न तथा निक्षेपकर्तालाई यथोचित प्रतिफल उपलब्ध गराई दीगो आर्थिक विकासका लागि सुलभ दरमा कर्जा प्रवाहको वातावरण सृजना गर्न परिसंघले मन्त्री महरालाई सुझाव दिएको छ। 
 
मन्त्री महरालाई भेट्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले दीगो आर्थिक विकासका लागि कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउँदै लैजानु अपरिहार्य रहेको बताए। 
 
अर्थमन्त्री महराले परिसंघबाट प्रस्तुत सुझाव र धारणापछि सरकाले आर्थिक सुधारका कार्यलाई उच्च प्राथमिकता दिएकोले क्रमशः नीतिगत निर्णय गरिने आश्वासन दिए। 

Share this Story

   

बढ्दो ब्याज संवोधन गर्न परिसंघको अर्थमन्त्रीलाई आग्रह, महँगो ऋणले उत्पादनमा संकुचन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.