आर्थिक बृद्धि दर साढे ६ प्रतिशत पुग्न लागेकोमा विश्व बैंक र आइएमएफमा नेपालको प्रशंसा


काठमाडौं। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालले धेरैपछि हासिल गर्न लागेको साढे ६ प्रतिशतको आर्थिक बृद्धिको प्रशंसा गरेका छन्। बिहिवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले  नेपालको आर्थिक बृद्धिदर उच्च भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललगायतको टोलीलाई बधाइ दिए। 


 
नेपालको आर्थिक विकासलाई अझ तिब्र पार्न सहयोग गर्न आइडिए १८ अन्तर्गतको सहयोग दोब्बर गरिने जानकारीसमेत दिए। विश्व बैंकले अन्तराष्ट्रिय विकास संस्था (आइडिए) कार्यक्रम अन्तर्गत विकासउन्मुख देशहरुलाई सहयोग गर्दै आएको छ।
 
यसले सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए। 
 
बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर नेपाललाई नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकाले अर्थमन्त्रीलाई बधाइ सुनाइदिन सन्देशसमेत पठाए। 


Share this Story

   

आर्थिक बृद्धि दर साढे ६ प्रतिशत पुग्न लागेकोमा विश्व बैंक र आइएमएफमा नेपालको प्रशंसा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.