sagoon advert

विराट पोल्ट्रीबाट प्रदुषण फैलिएको भन्दै स्थानीय आन्दोलित, समस्या समाधानका लागि २० गते छलफल




विराटनगर ।नेपालकै सबैभन्दा ठूलो भनेर दाबी गरिएको मोरङको विराट पोल्ट्री फर्मबाट वरपरको वस्तीमा व्यापक प्रदूषण फैलिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।


मोरङको पुरानो सदरमुकाम रङ्गेलीसित जोडिएको धनपालथान गाउँपालिकामा खोलिएको विराट पोल्ट्री फर्ममा १ लाख कुखुरा छन् । दैनिक ७० हजार अण्डा उत्पादन गरिने फर्मका प्रबन्ध निर्देशक डा. सदानन्द देवले बताए ।आन्दोलित स्थानीयवासीले बिहिबार घरेलु उद्योग कार्यालय मोरङमा फर्मका तीन सञ्चालकलाई दिनभरि घेरेर राखेका थिए ।
 
आज साँझ भएको वार्ता द्विपक्षीय सहमतिमा वैशाख २० गते बसेर समस्या  समाधान गर्ने निर्णय भएको छ।आन्दोलनकारीले प्रबन्ध निर्देशक डा. देवसहित नीतेश गुप्ता र ऋषिवचन यादवसमेतलाई कार्यालयमा घेराउ गरेका थिए ।सङ्घर्ष समितिका अध्यक्ष राजेन्द्र मण्डलका अनुसार पोल्ट्री फर्मभित्र उत्सर्जन हुने सुलीको उचित र वैज्ञानिक व्यवस्थापन नभएकाले वरपर तीन किलोमिटरसम्म दुर्गन्ध व्याप्त हुन्छ ।
 
त्यस्तै सुलीबाट उत्पन्न झिँगाबाट वरपरका वासिन्दा बस्न नसक्ने अवस्थामा पुगेको उनले बताए।अध्यक्ष मण्डलले मानव वस्तीका माझमा खोलिएको उद्योगलाई अविलम्ब स्थानान्तरण गरिनुपर्ने र त्यस स्थानमा प्रदूषणमुक्त उद्योग स्थापना गर्नुपर्ने बताए।
 
तर उद्योगका प्रबन्ध निर्देशक  देवले सरकारी छानविन टोलीको अध्ययनले दिएको सुझाब कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे।‘प्रदूषण र झिँगा आतङ्कले स्थानीयवासी आक्रान्त छन्’, सङ्घर्ष समितिकी सचिव इन्दिरा उप्रेतीले भनिन्, ‘समस्या झन् झन् बढ्दै छ । यस्तो अवस्थामा कताको आयोग र छानबिन समिति ? सुली र झिँगाको तुरुन्त व्यवस्थापन भएन भने हामी बल प्रयोग गर्ने अवस्थामा पुग्नेछौँ ।’
 
जिल्ला प्रशासन कार्यालय, उद्योग मन्त्रालय र विभागमा समेत पाँच÷पाँच पटक ज्ञापनपत्र बुझाइए पनि कुनै निकायले वास्ता नगरेको उनले बतार्इन्।
सुलीको दुर्गन्ध र झिँगाका कारण गाउँघरमा विवाह, व्रतबन्धलगायतका कार्यक्रममा समेत हुन कठिन परेको छ। घरेलु तथा साना उद्योग कार्यालय मोरङले सो फर्मले अण्डा विक्रीका लागि पशु सेवा विभागबाट अनुमति पत्र नलिई गैरकानुनी रूपमा विक्री गरेको र फर्मबाट निस्कने सुलीको व्यवस्थापनका लागि वैकल्पिक व्यवस्थापन नगरेको प्रतिवेदनमा उल्लेख छ।
 


Share this Story

   

विराट पोल्ट्रीबाट प्रदुषण फैलिएको भन्दै स्थानीय आन्दोलित, समस्या समाधानका लागि २० गते छलफल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.