सनराइज बैंकले पनि भारतबाट रेमिटेन्स भित्र्याउने, आइडिबीआर्इ बैंकसँग गर्यो सम्झौता

बिजमाण्डू
२०७४ बैशाख ७ गते १८:०६ | Apr 20, 2017
सनराइज बैंकले पनि भारतबाट रेमिटेन्स भित्र्याउने, आइडिबीआर्इ बैंकसँग गर्यो सम्झौता
काठमाडौं।सनराइज बैंकले भारतबाट रेमिटेन्स ल्याउन आइडिबीआर्इ बैंकसँग सम्झौंता गरेको छ।

Tata
GBIME
Nepal Life

भारतमा बस्ने नेपालीले आइडिबीआर्इ बैंकमार्फत रकम पठाउन सक्नेछन्।आइडिबीआर्इ बैंकबाट पठाएको रकम नेपालमा सनराइज बैंकबाट पाउनेछन्। आइडिबीआर्इको भारतमा १८ सय भन्दा बढी शाखा संजाल छन्।

रेमिटेन्स भित्र्याउने सम्झौंतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआर्इ बैंकका महाप्रवन्धक एन कृष्णनले हस्ताक्षर गरे। कार्यक्रममा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र आइडिबीआर्इ बैंकका नायब प्रवन्ध निर्देशक केपी नायर उपस्थित थिए।