हेल्मेटको मूल्य कति पर्ला ?१८ हजारदेखि ७८ हजार रुपैयाँ मूल्य सम्मका हेल्मेट बजारमा

बिजमाण्डू
२०७४ बैशाख ७ गते १६:३१ | Apr 20, 2017
हेल्मेटको मूल्य कति पर्ला ?१८ हजारदेखि ७८ हजार रुपैयाँ मूल्य सम्मका  हेल्मेट बजारमा
काठमाडौं।बाइक माइन्डेडले विश्वबजारमा मार्केट लिटरको रुपमा रहेको  सार्क ब्राण्डको हेल्मेट नेपाली बजारमा ल्याएको छ।

ज्योति समूह अन्तर्गतको यो कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाएको सार्क हेल्मेट बजारमा ल्याएको हो।हेल्मेटको मूल्य १८ हजार रुपैयाँदेखि ७८ हजार रुपैयाँसम्मको रहेको कम्पनीले जनायो।

Tata
GBIME
Nepal Life

यो हेल्मेट कान्तिपथ र टेकुमा रहेको कम्पनीले जनायो।फ्रेन्च ब्राण्डको यो हेल्मेट विश्वबजारमा मार्केट लिडर हो।यो हेल्मेटले अधिकतम सुरक्षा दिने कम्पनीको दाबी छ।

यो कम्पनीको फ्रान्स वाहेक थाइल्याण्ड र पर्चुगलमा उद्योग छ।कम्पनीको यूरोपमा मात्रै ५० वटा बिक्री कार्यालयहरु छन्।विश्वका ६० देशमा यो हेल्मेट बिक्री भइरहेको छ भने ५० वटा अन्तर्राष्ट्रिय डिस्टिब्यूर्टस छन्।सन् २०१४सम्म ३ लाख ८० हजार हेल्मेट बिक्री भइसकेको छ।