नेपाल टेलिकमको मोवाइलमा समस्या, नेटवर्क ट्रान्समिसनको उपकरण विग्रियो, मर्मत गर्दै कम्पनी

बिजमाण्डू
२०७४ बैशाख ७ गते १६:०५ | Apr 20, 2017
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बुधबारदेखि समस्या आएको छ। हिजोदेखी मोवाइलको नेटवर्क ट्रान्समिसन उपकरणमा समस्या आउँदा देशैभरी मोबाइल फोनमा समस्या आएको हो।
 
टेलिकमको मोवाइलबाट मोवाइलमा फोन गर्दा हत्तपत्त नलाग्ने, लागे पनि काटिइ हाल्ने, कुरा नबुझिने जस्ता समस्या देखिएको छन्। एसएमएस समेत डेलिभर्ड हुन सकेको छैन। टेलिकमको मोवाइल डेटा समेत चलेको छैन।

Tata
GBIME
Nepal Life

त्यस्तै ल्याण्डलाइनबाट मोवाइलमा कुरा गर्दा पनि फोन नलाग्ने र लागेपनि एक मिनेटभित्र काटिने समस्या रहेको छ।
 

टेलिकमले समस्याको पहिचान गरेको र त्यसको समाधानका लागि प्राविधिकहरु लागि परेको सहप्रवक्ता सोभन अधिकारीले बताए। हिजो बिराटनगर लगायत पूर्वी क्षेत्रमा समस्या भएको र त्यसलाई समाधान गरिसकिएकोमा एवं आज उपत्यका क्षेत्रका केहि उपकरणमा समस्या देखिएको उनले जानकारी दिए।