काठमाडौ । कारोबारमा आएका उपसुचक मिश्रित देखिँदा साताको अन्तिम दिन शेयर बजार केही घटेर बन्द भएको छ। तिब्र उतार चढाव पछि बजार बन्द हुँदा केही ओर्लिन पुगेको हो।
बिहीबार १४३ कम्पनीका १६ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ३८ करोड रुपैयाँमा खरीद बिक्रि भए। सबैभन्दा धेरै प्रभु बैंकको शेयर खरीद बिक्रि भएको छ।
बैंकको सात करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा नेसनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ। इन्स्योरेन्सको सात करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।
बैंकको सात करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा नेसनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ। इन्स्योरेन्सको सात करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।
बिहिबार मिर्मिरे माइक्रोफाइनान्स र काबेली विकास बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने तिनाउ डेभलपमेन्ट बैंकका शेयर धनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत गुमाएका छन् ।
शेयर बजार चाकाचुली चालमा, रातो रङमा बन्द भए पनि सवा अर्ब रुपैयाँ बढीको कारोबार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।