नेपाल बैंक र सिद्धार्थ डेभलपमेन्टको हकप्रद आजदेखि, जेठ १० गतेसम्म आवेदन दिन सकिने




काठमाडौँ ।नेपाल बैंक लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंकले विहिबारदेखि हकप्रद शेयर निष्कासन गरेको छ ।
  
नेपाल बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । बैंकले  साबिक सय कित्ता शेयर हुनेलाई २३.७४ का दरले हकप्रद दिएको हो । बैंकले एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद निष्कासन गरेको छ ।

बैंकको हकप्रदमा सिभिल क्यापिटलमार्फत जेठ १० गतेसम्म  आवेदन दिन सकिन्छ ।  बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले पुस मसान्त सम्म एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
 
सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि विहिबार देखिनै हकप्रद शेयर निष्कासन गरेको छ ।बैंकले साबिक १० शेयर धनीका लागि ६ शेयर हकप्रद निष्कासन गरेको हो ।एक सय अंकित ८५ लाख कित्ता शेयरका जेठ १० गते सम्म आवेदन दिन सक्नेछन्।           
 
 

Share this Story

   

नेपाल बैंक र सिद्धार्थ डेभलपमेन्टको हकप्रद आजदेखि, जेठ १० गतेसम्म आवेदन दिन सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.