सिटिजन्स बैंकले ८३ करोड डुबेको ऋण उठायो, असाधारण खर्च पौने ३९ करोड, नाफा ८८ करोड




काठमाडौं। सिटिजन्स बैंकले चैत मसान्तसम्म ८८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष यतिबेला नाफा ७२ करोड ४७ लाख रुपैयाँ थियो। 
 
बैंकले चैतसम्म खुद ब्याज आम्दानी एक अर्ब २५ करोड रुपैयाँ गरेको छ भने ऋण लगानी ४७ अर्ब ८० करोड रुपैयाँ गरेको छ। बैकले कुल निक्षेप ५५ अर्ब ५६ करोड रुपैयाँ गरेको छ। 
 
बैंकले डुबेको मध्ये ८२ करोड ९४ लाख रुपैयाँ राइट ब्याक गरेको छ। यति ठूलो रकम राइट ब्याक हुँदा पनि तुलनात्मक रुपमा बैंकको नाफामा खास बृद्धि देखिएको छैन। यद्यपी बैंकले असाधारण खर्च भनेर ३८ करोड ७५ लाख रुपैयाँ देखाएको छ। यो कारण पनि बैकले डुबेको ऋण उठाउँदासमेत नाफामा त्यसलाई पूर्ण रुपमा समायोजन गर्न सकेन।
 
बैंकले खराब कर्जा घटाएर १.५५ प्रतिशतमा ल्याएको छ। यसअघि १.७८ प्रतिशत थियो। चुक्ता पूँजी ५ अर्ब ८७ करोड रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ छ।


Share this Story

   

सिटिजन्स बैंकले ८३ करोड डुबेको ऋण उठायो, असाधारण खर्च पौने ३९ करोड, नाफा ८८ करोड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.