एनएमबीका ग्राहकले सिद्धार्थ फूडल्याण्डमा १० प्रतिशत छुट पाउने, भिसा कार्डबाट तिर्नुपर्ने

बिजमाण्डू
२०७४ बैशाख ६ गते १६:३७ | Apr 19, 2017
एनएमबीका ग्राहकले सिद्धार्थ फूडल्याण्डमा १० प्रतिशत छुट पाउने, भिसा कार्डबाट तिर्नुपर्ने
काठमाडौं।एनएमबी बैंकका ग्राहकले सिद्धार्थ विजनेश ग्रुपबाट संचालित रेष्टुरेन्ट र होटलमा १० प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको भिसा कार्डमार्फत यो छुट पाउनेछन्।मुलुकका विभिन्न स्थानमा सिद्धार्थ फूडल्याण्ड र सिद्धार्थ होटल संचालनमा छन्।देशभर १४ वटा आउटलेट छन्।उपत्यकामा वानेश्वर, तिनकुने,धोविघाटमा सिद्धार्थ फूडल्याण्ड छ।
 

 बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र सिद्धार्थ विजनेश समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानले छुट दिने सम्झौंतामा हस्ताक्षर गरे।बैंकका देशभर ७२ वटा भन्दा बढी शाखा कार्यालय, ५६ वटा एटिएम र सात वटा एक्सटेन्सन काउन्टर छन्।