एक दिनको गिरावट पछि शेयर बजारले फेरि समात्यो फ्रन्ट गेयर, कारोबार रकम अर्ब रुपैयाँ माथि




काठमाडौँ । लगातार चार दिन करिब ९० अंकले घटेको शेयर बजार बुधबार एकै दिनामा ३.१० प्रतिशतले बढ्दा परिसूचक ४९.९८ अंकले उक्लिएको छ। बुधबार नेप्से १६६२.०२ अंकमा पुगेको हो। 
 
क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.७७ अंकले बढेर ३५९.०१ अंकमा उक्लिएको छ।
 
चुनाव प्रति आश्वस्त हुन निर्वाचन आयोगले गरेको आह्वानसँगमा बजारमा ‘पोजेटिभ भाइब्रेसन’ देखिएको स्टक ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष अन्जनराज पौडेलले बताए। देशमा चुनाबी माहोल बनेको सकारात्मक खवर आउने बजार बढ्ने र केही नकारत्मक खबर आउने बित्तिकै घट्ने प्रबृत्ति दोहिरिएको उनको भनाइ छ। 
 
बुधबारको कारोबारमा सुरुमा पौने एक बजे देखि बजार लगातार उकालो लागेको थियो। बजार घटेको दिन समेत अर्ब रुपैयाँ माथिको कारोबार भएको कारण पछिल्लो समय लगानीकर्ताको मनोबल मजबुत देखिएको पौडेलले बताए।
 
बुधबार १४२ कम्पनीको १८ लाख कित्ता शेयर एक अर्ब सात करोड रुपैयाँमा खरीद बिक्री भयो। मंगलबार एक अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो।
 
साताको चौथो दिन सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको शेयर किनबेच भयो। कम्पनीको पाँच करोड रुपैयाँको शेयर खरीद बिक्रि भएको हो। कारोबार रकमका आधारमा गुराँश लाइफ इन्स्योरेन्स दोस्रो भएको छ। गुराँशको चार करोड नौ लाख रुपैयाँको शेयर खरीद बिक्रि भएको हो।
 
आज चार कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। फर्स्ट माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, काबेली बिकास बैंक र मिर्मिरे माइक्रोफाइनान्सको १० प्रतिशत मूल्य बढेको छ। बुधबार सामुहिक लगानी कोषका इकाईधनीले धेरै गुमाएका छन्। ग्लोबल आईएमई सम्मुनत स्किम र एनआईबिएल समृद्धि फन्डले क्रमशः तीन र दुई प्रतिशत गुमाएका हुन्।                        
    
 


Share this Story

   

एक दिनको गिरावट पछि शेयर बजारले फेरि समात्यो फ्रन्ट गेयर, कारोबार रकम अर्ब रुपैयाँ माथि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.