मिर्मिरे माइक्रोफाइनान्सलाई हकप्रद सेयर निस्कासन अनुमति, पूँजीको ५० प्रतिशत सेयर




काठमाडौं। मिर्मिरे माइक्रोफाइनान्सलाई धितोपत्र बोर्डले हकप्रद निस्कासनको अनुमति दिएको छ। कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद शेयर निस्कासनको अनुमति पाएको हो। कम्पनीले साबिक शेयरधनीलाई ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो। कम्पनीले  हकप्रद निस्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।
 
कम्पनीको हाल तीन करोड रुपैयाँ चुक्ता पूँजी छ। कम्पनीले गएको पुस मसान्तसम्म ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। चुक्ता पूँजी वृद्धि गर्न गत वर्षको मुनाफाबाट शेयरधनीलाई ५० प्रतिशत बोनस शेयर दिएको थियो।   
 


Share this Story

   

मिर्मिरे माइक्रोफाइनान्सलाई हकप्रद सेयर निस्कासन अनुमति, पूँजीको ५० प्रतिशत सेयर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.