sagoon advert

किनबेच सुरु भएको साता पनि नपुगि अरुण काबेलीको कारोबार रोक्का, एकै जनाको नाममा दोहोरो शेयर




काठमाडौं । कारोबारमा आएको साता समेत नपुगि नेपाल स्टक एक्सचेन्ज  (नेप्से)ले अरुण काबेली पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ। 
 
दुई साता अघि नेप्सेमा सूचिकृत भएको कम्पनीले साधारण शेयर बिक्री गर्दा एकै व्यक्तिको नाममा दोहोरो शेयर जारी भएको पाएपछि कारोबार रोक्का गरिएको हो। कम्पनीको अनुरोध बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडले नेप्सेलाई कारोबार रोक्का गर्न पत्राचार गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए।
 
कम्पनीले एकै जनाको नाममा दोहोरो शेयर परेको दावी गरे पनि लगानीकर्ताले भने सबै शेयर डिम्याट खातामा नपठाई कारोबार सुरु गरको भन्दै आपत्ति जनाएका थिए। नेप्सेमा कम्पनीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता शेयर सुचिकृत छन्। कम्पनीको शेयर गत आइतबार देखि कारोबार सुरु भएको हो। 
 
       
 


Share this Story

   

किनबेच सुरु भएको साता पनि नपुगि अरुण काबेलीको कारोबार रोक्का, एकै जनाको नाममा दोहोरो शेयर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.