snickers

एनआइसी एसियाको नाफा ५०% ले बढेर एक अर्ब १३ करोड पुग्यो, पूँजी बढे पनि आरओइ घटेन




काठमाडौ। एनआईसी एसिया बैंकले चैत मसान्तसम्मको मुनाफा ५० प्रतिशतले बढाएर एक अर्ब १३ करोड रुपैयाँ नघाएको छ। अघिल्लो वर्षको चैतसम्म बैकले ७५ करोड ९५ लाख रुपैयाँ मुनाफा गरेको थियो। 
 
चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको कम्पनीको रिटर्न अन इक्विटी करिव १९ प्रतिशत छ। ३.५३ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ छ। 
---
बैंकले खुद ब्याज आम्दानी मात्रै एक खर्ब ८४ करोड रुपैयाँ  गरेको छ। गत बर्ष यस्तो आम्दानी एक अर्ब ३७ करोड रुपैयाँ थियो। बैंकसँग सर्वसाधारणको निक्षेप ७९ अर्ब ६ करोड रुपैयाँ छ। एक बर्षमा निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ।
 
बैंकले ५२ अर्ब ४९ करोडको ऋणलाई ६७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ। बैंकले डुबेको ऋणमध्ये करिव ४० करोड रुपैयाँ उठाएका कारण पनि नाफामा निक्कै सुधार आएको हो। 
 
बैंकको खराव कर्जा पनि घटेको छ। १.११ प्रतिशत रहेको खराब कर्जा ०.४६ प्रतिशतमा आएको हो। बैंकको पूँजी कोष अनुपात १३.६९ प्रतिशत छ।  चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको कम्पनीको रिटर्न अन इक्विटी करिव १९ प्रतिशत छ। ३.५३ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ छ। 


Share this Story

   

एनआइसी एसियाको नाफा ५०% ले बढेर एक अर्ब १३ करोड पुग्यो, पूँजी बढे पनि आरओइ घटेन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.