Snickers

सर्वसाधारणपछि सरकारी संस्थाको बैंकमा सबैभन्दा वढि निक्षेप, सञ्चय कोषभन्दा सिआइटी अगाडि


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुमा सर्बसाधारणपछि सबैभन्दा वढि पैसा सरकारी संस्थाहरुले राख्ने गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको विवरण अनुसार कुल निक्षेपमा सर्वसाधारणको हिस्सा ५३.३५ प्रतिशत छ। 

सञ्चालनमा रहेका सबै बिमा कम्पनीहरुको बैंक तथा वित्तीय संस्थाहरुमा एक खर्ब २५ अर्ब रुपैयाँ छ। यो कुल निक्षेपको ५.५३ प्रतिशत हो।
---
बैंक तथा वित्तीय संस्थासँग कुल निक्षेप २२ खर्ब ७१ अर्ब रुपैयाँ छ। यसमध्ये १२ खर्ब ११ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप हो।
 
सरकारी संस्थानहरुको हिस्सा ९.८२ प्रतिशत अर्थात दुई खर्ब २३ अर्ब रुपैयाँ छ। यसपछि गैरसरकारी संस्थाहरुको हिस्सा ८.१५ प्रतिशत छ।
 
बिमा कम्पनीहरु यसपछि आउँछन्। सञ्चालनमा रहेका सबै बिमा कम्पनीहरुको बैंक तथा वित्तीय संस्थाहरुमा एक खर्ब २५ अर्ब रुपैयाँ छ। यो कुल निक्षेपको ५.५३ प्रतिशत हो।
 
नागरिक लगानी कोषको २.४४ प्रतिशत अर्थात ५५ अर्ब ५० करोड र कर्मचारी सञ्चयक कोषको २.१२ प्रतिशत अर्थात १८ अर्ब १८ करोड रुपैयाँ बैक तथा वित्तीय संस्थामा निक्षेप छ।

निक्षेपको प्रकार (रु. १० लाखमा) फागुन माघ पुस मंसिर कात्तिक असोज भदौ
सर्वसाधारण 1211608.7 1184662.8 1195870.2 1176683.8 1167474.9 1164588.0 1115958.3
सरकारी संस्थान 223182.4 211421.9 206411.5 194269.5 193927.0 191710.1 184555.0
गैरसरकारी संस्थान 185129.7 199866.1 179468.7 172796.7 163441.9 166697.6 184026.0
बिमा कम्पनी 125610.7 126003.2 110491.1 108056.5 106719.8 105887.6 104809.5
अन्य 110513.0 120465.7 114924.2 116565.1 113720.6 118722.5 110067.3
विदेशी मुद्राको निक्षेप 102166.5 107204.1 107675.7 114897.7 108842.6 107327.0 105847.9
अन्तर बैक निक्षेप 87716.7 78806.3 95602.3 82148.8 87135.4 94340.5 92485.3
गैरसरकारी संस्थाहरु  71521.0 80201.3 77029.2 76256.8 75795.1 76404.7 77225.1
नागरिक लगानी कोष 55506.0 52182.2 51185.4 51147.7 48128.1 47527.7 45649.8
कर्मचारी सञ्चय कोष 48183.3 49998.5 54557.3 53475.6 56770.4 56187.2 52704.6
विविध 47456.0 62945.5 62373.5 65916.4 60178.8 57492.9 58761.9
स्थानीय निकाय तथा गाउँको निक्षेप 2424.2 1529.4 1213.7 1379.8 1331.2 1322.9 1111.8
कुल 2271018.2 2275286.9 2256802.8 2213594.5 2183466.0 2188208.6 2133202.5
 

Share this Story

   

सर्वसाधारणपछि सरकारी संस्थाको बैंकमा सबैभन्दा वढि निक्षेप, सञ्चय कोषभन्दा सिआइटी अगाडि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.