अदालती फैसलापछि कैलाश बैंकबाट लामिछाने बाहिरिए, राष्ट्र बैंकले नपत्याएका अमृतचरण भित्रिए

बिजमाण्डू
२०७४ बैशाख ५ गते १३:४१ | Apr 18, 2017
अदालती फैसलापछि कैलाश बैंकबाट लामिछाने बाहिरिए, राष्ट्र बैंकले नपत्याएका अमृतचरण भित्रिए
काठमाडौं। अदालती फैसलापछि  कैलाश विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठलाई भित्र्याएको छ। आगामी जेठ १३ गतेबाट दोस्रो कार्यकाल सकिन लागेका कृष्णराज लामिछानेको ठाउँमा श्रेष्ठलाई नियुक्त गरिएको हो।
 
एनसिसी बैंकमा राष्ट्र बैंकले श्रेष्ठको कार्यकाल थप गरेन। उनी एनसिसीमा हुँदा राष्ट्र बैंकले वोर्ड टेकओभर गरेको थियो। एनसिसीअघि उनी नबिल बैकको कामु सिइओ थिए।

बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र गिरीको तीन कार्यकाल भएको भन्दै पाटन उच्च अदालतमा मुद्दा परेको थियो। अदालतले नेपाल राष्ट्र बैंकको विनियमावलीलाई टेक्दै तीन कार्यकाल खान नपाइने फैसला गरेको थियो।
 
बैंकको अध्यक्षमा अदालतको तय गरेपछि लामिछानेले विवादमा पर्नुअघि नै तेस्रो कार्यकाल नखाने जानकारी सञ्चालक समितिलाई दिइसकेका थिए। त्यसपछि बैंकको वोर्डले सोमबार नयाँ प्रमुख कार्यकारीमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो। श्रेष्ठ एनसिसी बैकका प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका व्यक्ति हुन्।
 
उनी एनसीसीमा हुँदा राष्ट्र बैंकले एनसिसीको बोर्ड टेकओभर गरेको थियो। त्यसपछि केन्द्रिय बैंकले उनको कार्यकाल थपेन। उनी एनसिसी अघि नबिल बैकको कामु सिइओ थिए।
 
नेपाल राष्ट्र बैंकले विनियमावली मार्फत प्रमुख कार्यकारी र सञ्चालकले दुई कार्यकाल मात्र पदमा बस्न पाउने व्यवस्था गरेको छ। विनियमावलीमा अहिले खाइरहेकोलाई एक मान्दै अर्को एक कार्यकाल थप्न पाउने सुविधा भए पनि अदालतले पुरानो कार्यकाललाई समेत जोडेर व्याख्या गरेको हो। अदालतले जहिलेसुकैबाट दुई कार्यकाल पुरा भएपनि तेस्रो कार्यकालका लागि अयोग्य हुने फैसला गरेको छ। 
 
श्रेष्ठले जेठ १४ गतेबाट कार्यभार सम्हाल्ने छन्।

Tata
GBIME
Nepal Life