क्यानडा र भारतका कारण नेपालमा दालको भाउ महँगिदै, अर्को महिनाबाटै मूल्य बढ्न सक्ने

बिजमाण्डू
२०७४ बैशाख ५ गते १२:०४ | Apr 18, 2017
क्यानडा र भारतका कारण नेपालमा दालको भाउ महँगिदै, अर्को महिनाबाटै मूल्य बढ्न सक्ने


भारतले सबैभन्दा वढि दाल क्यानडाबाट ल्याउँछ। क्यानडाबाट मुसुरी, केराउ, चनाको दाल आउँछ। भारतले कुल ४१ लाख ६७ हजार टन दाल आयात गर्छ। यसमध्ये १८ लाख १५ हजार टन क्यानडाबाट मात्र ल्याउँछ।
काठमाडौं। आगामी दिन दालको भाउ बढ्ने देखिएको छ। क्यानडा र भारतका कारण नेपालमा दालको भाउ बढ्ने भएको हो। 
 
क्यानडामा दाल उत्पादनमा १० प्रतिशतले कमी आउने भएको छ। क्यानडाबाट सबैभन्दा बढि दाल आयात भारतले गर्छ। नेपालले भारतबाटै दाल ल्याउने भएकाले यहाँ पनि मूल्य बढ्ने देखिएको हो।
 
भारतले सबैभन्दा वढि दाल क्यानडाबाट ल्याउँछ। क्यानडाबाट मुसुरी, केराउ, चनाको दाल आउँछ। भारतले कुल ४१ लाख ६७ हजार टन दाल आयात गर्छ। यसमध्ये १८ लाख १५ हजार टन क्यानडाबाट मात्र ल्याउँछ।
 
क्यानडामै दाल उत्पादन करिव ४ लाख टनले घट्दैछ। उत्पादन घटेपछि त्यहाँबाट भारत ल्याउनै दाल महँगो परिसक्छ। नेपालले भारतबाट दाल किनेर बिक्री वितरण गर्छ।  भाउ अर्को महिनाबाटै महँगिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

Tata
GBIME
Nepal Life