बेनेली पेट्रोल र इलेक्ट्रिक बाइक भित्र्यायो, ६ घण्टा चार्ज गर्दा १०० किमि गुड्ने

बिजमाण्डू
२०७४ बैशाख ४ गते ११:३९ | Apr 17, 2017
बेनेली पेट्रोल र इलेक्ट्रिक बाइक भित्र्यायो, ६ घण्टा चार्ज गर्दा १०० किमि गुड्ने
काठमाडौं। विश्वविख्यात मोटरसाइकल कम्पनी बेनेली नेपालमा थप तीन वटा मोडेलका मोटरसाइकल सार्वजनिक गरेको छ। बेनेली टिएनटी १३५, टोरेन्डो ३०२ आर र टिआरके ५०२ मोडेलका पेट्रोल मोटरसाइकलहरु नेपालमा सार्वजनिक गरेको हो। बाइकका लागि नेपालको आधिकारिक वितरक केटिएम इन्टरनेसनलले यी मोडलका वाइकहरु भित्र्याएको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले चारवटा इलेक्ट्रिक वाइक पनि सार्वजनिक गरेको छ। कम्पनीले एच्ली, अल्पान, सिटिलिङ्क सपोर्ट र सिग्लेट्स नामका इवाइक सार्वजनिक गरेको हो। चारैवटा वाइकहरु १०० किमीसम्मका लागि व्याट्रि टिक्ने र २५ किमि प्रति घण्टाको स्पिडमा गुड्ने कम्पनीले जनाएको छ। बाइक चार्ज गर्नका लागि चारदेखि ६ घण्टा लाग्ने कम्पनी छ।



 
कम्पनीले टोरेन्डो ३०२ आरलाई फ्ल्यागसिफ वाइक भनेको छ भने भने टिआरके ५०२ मोर्डन सेप तथा क्लासिक एडभेन्चरका लागि उपयुक्त रहेको जनाएको छ। कम्पनीले पेट्रोल वाइकलाई युवा लक्षित गरि ल्याइएको र यो बाइकहरु नेपालमा लन्च हुनुभन्दा अगाडि नै धेरै बुकिङ भइसकेको जनाएको छ।