सवारी कर्जामा कडार्इपछि गाडी बिक्रेता कम्पनीले ल्याए अफर, 'सवारी किनौं तीन महिनापछिको चेक काटौं




काठमाडौं।राष्ट्र बैंकले सवारी साधनको आयात बढेको भन्दै कर्जामा ५० प्रतिशत सीमा तोक्यो।बैंकले ९० प्रतिशतसम्म फाइनान्सिङ गर्दा गाडीको व्यापारमा भएको वृद्धिमा एकाएक ब्रेक लाग्यो।

कर्जा सीमा पचास प्रतिशत तोकेपछि निजी सवारी साधनको बिक्री ७० प्रतिशतले गिरावट आयो।सवारी बिक्रीमा गिरावट आएपछि कम्पनीले व्यापार बढाउन धमाधम 'स्किम' ल्याइरहेका छन्।नेपालका लागि हुन्डार्इ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २० प्रतिशत तीन महिनापछि दिएर अहिलेनै गाडी किन्ने योजना ल्याएको छ।


यो योजना अनुसार हुन्डार्इको कुनैपनि गाडी पचास प्रतिशत बैंक,३० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत तीन महिनापछि भूक्तानी गरेर किन्न सकिन्छ।नेपाल अटोमोबाइल एशोसिएसनका अध्यक्ष एवं कम्पनीका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले क्षमता भएकाहरुले गाडी चढ्नबाट बञ्चित नहुन भनेर योजना ल्याएको बताए।


उनका अनुसार ग्राहकले बैंकको शर्त पालना गरे एक हप्ताभित्र शुन्य प्रतिशत ब्याजमा फाइनान्सिङको सुविधा दिनेछ। टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले सवारी कर्जामा ५० प्रतिशत सीमा तोकेपछि २० प्रतिशतपछि तिरे हुनेगरी गाडी किन्ने सुविधा ल्याएको छ। कम्पनीले पेसेन्जर भेहिकल किन्दा ५० प्रतिशत बैंक, ३० प्रतिशत डाउन पेमेन्ट र  बाँकी २० प्रतिशत पछि तिर्न सकिने स्किम ल्याएको हो।
 
रेनोल्टले महिनाको १३ हजार तीन सय ५७ रुपैयाँ तिरेर क्वीड गाडी चढ्न सकिने अफर ल्याएको छ। कम्पनीले डस्टरलाई महिनाको २८ हजार दुईसय रुपैयाँ तिरेर चढ्न सकिने अफर ल्याएको छ। कम्पनीले ८ प्रतिशत ब्याज मात्रै तोकेको छ।रेनोल्टको नेपालको अधिकृत बिक्रेता एडभान्स मोटर्सका अनुसार नयाँ स्किमले ग्राहकलार्इ आकर्षित गरेको छ।
 
डाटसनले १३ लाख ९९ हजार रुपैयाँ पर्ने गाडीमा ‘बाई नाउ पे लेटर’ अफर ल्याएको छ। कम्पनीले ७.९९ प्रतिशत व्याज दरमा १० हजार नौ सय रुपैयाँ मासिक किस्तामा गाडी किन्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले गाडी किन्नका लागि तीन महिनासम्मको ब्याज नलाग्ने र ब्याजदर ३ महिनापछि मात्र लागु हुने समेत योजना ल्याएको छ।
 

Share this Story

   

सवारी कर्जामा कडार्इपछि गाडी बिक्रेता कम्पनीले ल्याए अफर, 'सवारी किनौं तीन महिनापछिको चेक काटौं को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.