sagoon advert

१२ जीवन बिमाको लाइसेन्सिङ प्रकृया सुरु, अध्यक्ष चापागाईँले भने- पेन्डिङ काम अब सक्छु




काठमाडौं। बिमा समितिले १२ जीवन बिमा कम्पनीलाई लाइसेन्स दिन अर्थमन्त्रालयमा सिफारिस गर्ने भएको छ। पाँच गैरजीवन बिमा कम्पनीलाई भने आफैले लाइसेन्स दिने भएको छ। 
 
८ बर्षअघि लिइएको निवेदनमा एउटा सार्वजनिक निकायले चुपचाप उत्तर नदिइबस्नु उपयुक्त होइन। समितिमा दर्ता भएका कम्पनीलाई निकास दिन २१ दिनभित्र आवश्यक कागजपत्र लिएर आउन भनेका हौं। २१ दिनभित्र आवश्यक कागजपत्र लिएर आउनेहरुको प्रकृया अगाडि बढ्ने र कागजपत्र नल्याउनेको फाइल बन्द गरिने छ।
---
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर आएका १२ जीवन बिमा कम्पनीलाई २१ दिनभित्र सबै कागजपत्र लिएर आउन समितिले आइतबार पत्र लेखेको छ। जीवन बिमा कम्पनीको काम सकिएपछि समितिले गैरजीवन बिमा कम्पनीको काम थाल्ने छ। 
 
'८ बर्षअघि लिइएको निवेदनमा एउटा सार्वजनिक निकायले चुपचाप उत्तर नदिइबस्नु उपयुक्त होइन' समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले आइतबार बिजमाण्डूसँग भने, 'तीलगायत कम्पनी र समितिमा दर्ता भएका कम्पनीलाई निकास दिन २१ दिनभित्र आवश्यक कागजपत्र लिएर आउन भनेका हौं।'
 
उनले २१ दिनभित्र आवश्यक कागजपत्र लिएर आउनेहरुको प्रकृया अगाडि बढ्ने र कागजपत्र नल्याउनेको फाइल बन्द गरिने जानकारी दिँदै भने- पेन्डिङ काम सक्ने हाम्रो लक्ष्य हो।
 
कुल १७ कम्पनीको लाइसेन्सिङ थालेको समितिले तत्काललाई नयाँ बिमा कम्पनी दर्ता बन्द गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालय र समिति दुबैतिर दर्ता रोकेको हो। समितिले नेपाली बजारमा कति बिमा कम्पनी आवश्यक छन्? त्यसको सम्भावना औंल्याएर मात्र आगामी दिनमा लाइसेन्सिङ नीति लिने भएको छ।
 
यसका लागि समितिले अर्थमन्त्रालयका सहसचिव गणेश पाण्डेको संयोजकत्वमा समिति बनाएको हो। समितिले तीन महिनाभित्र विस्तृत प्रतिवेदन दिने छ।
 
'आवश्यक कागजपत्र आएपछि जीवन बिमा कम्पनीको लाइसेन्सिङको अधिकार अर्थ मन्त्रालयमा भएकाले त्यहाँ सीफारिस गर्छौं' अध्यक्ष चापागाईँले भने, 'गैरजीवनको भने समितिमै अधिकार भएकाले हामी आवश्यक निर्णय गर्छौं।'
 
जीवन बिमातर्फ आइएमइ, सानिमा, सिटिजन्स, रिलायवल, रिलायन्स, सनलाइफ, स्टार र स्टेन्डर्ड दर्ता भएका छन्। यी कम्पनी २०६४ मा दर्ता भएका हुन्। पछि आएर समिति र कम्पनीमा महालक्ष्मी, ज्योती र युनियन लाइफ इन्स्योरेन्स दर्ता भएका छन्। 
 
गैरजीवन बिमा कम्पनीतर्फ आइडल, जनरल इन्स्योरेन्स, अजोडा, मनकामना र सानिमा जनरल इन्स्योरेन्स कम्पनी दर्ता छन्। 


Share this Story

   

१२ जीवन बिमाको लाइसेन्सिङ प्रकृया सुरु, अध्यक्ष चापागाईँले भने- पेन्डिङ काम अब सक्छु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.