एनआइसीले बचतको ब्याज दर ८ प्रतिशत पुर्यायो, खाता खोल्न पैसा नलाग्ने, डेबिट कार्ड फ्रि




काठमाडौं। एनआईसी एशिया बैंकले बचत खाताको ब्याज दर ८ प्रतिशत पुर्याएको छ। बाणिज्य बैकहरुमा सबैभन्दा वढि बचतको ब्याज दर एनआइसी एसियाले तोकेको हो।

बैंकले 'समुन्नती' नामक बचत खाता खोल्न एक रुपैयाँ पनि लाग्दैन। नेपाल राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर बचत खाताको तल्लो सीमा बराबर मात्र दिन पाइने नीति ल्याएपछि बैंकहरुले बचत खाताको ब्याज दर बढाउन थालेका हुन्।

अब एनआइसी एसियाले कल डिपोजिटमा ६ प्रतिशत ब्याज दिन सक्छ। बचत खाता खोल्नेलाई एनआइसीले निशुल्क डेबिट कार्ड र एसएमएस तथा इन्टरनेट बैंकिङ दिने छ। बैंकले पाँच लाख रुपैयाँसम्म अन्तर बैक कारोबार सुविधासमेत दिने छ भने क्रेडिट कार्ड छुटमा उपलब्ध गराउने छ।

Share this Story

   

एनआइसीले बचतको ब्याज दर ८ प्रतिशत पुर्यायो, खाता खोल्न पैसा नलाग्ने, डेबिट कार्ड फ्रि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.