भाग्यमानी पूजा प्रधान, जसले २५ लाख रुपैयाँको मोटरसाइकल पुरस्कारलाई प्रयाङ्क कल ठानिन्?

बिजमाण्डू
२०७४ बैशाख २ गते १७:५७ | Apr 15, 2017
भाग्यमानी पूजा प्रधान, जसले २५ लाख रुपैयाँको मोटरसाइकल पुरस्कारलाई प्रयाङ्क कल ठानिन्?


काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघका उपाध्यक्ष सोनाम शेर्पाले होटल र्याडिशनबाट शनिवार सैबु ललितपुर बस्ने पूजा प्रधान श्रेष्ठलाई फोन गरे।

Tata
GBIME
Nepal Life

उनले फोनमा भने तपाईंलाई २५ लाख रुपैयाँ पर्ने डुकाटी मोनस्टर बाइक पुरस्कार परेको छ, तपाईंलाई बधाई छ। फोनपछि पूजा अलमलमा परिन्, उनले फोन श्रीमानलाई दिइन्। कुरा सुनेपछि श्रीमान पनि एकछिन अलमलमा परे। लामाले सम्झाए तपाईंले रुस्लान वीन-वीन अफरको कुपन भर्नु भएको रहेछ, तपाईंलाई लक्की ड्र परेको छ।
 
लामाले सम्झाउँदा पनि उनी अझै विस्वस्त हुन सकेनन्। उनले फेरी सोधे कतै यो प्रयाङ्क कल त होइन नि? होइन तपाईंको कुपन नम्वर ५९६२८० नम्वरलाई लक्की ड्र परेको छ, सम्भव हुन्छ र यतै वरपर हुनुहुन्छ भने होटल र्याडिशनमा आउनुस्।
 

ठूलो पुरस्कार पाउँदा अलमलमा परेका उनले भने होइन म त पार्टीमा जान लागेको छु। उत्सुकतापूर्वक फोन कुराकानी सुनिरहेका लक्की ड्रमा सहभागीले भने डुकाटी मोनस्टर पाउनु पनि त के पार्टीभन्दा कम छ त?

रुस्लानले डुकाटी मोनस्टर मोटरसाइकल मात्रै होइन लक्की ड्रबाट थप सात जनाको नाम बेनेली टिएनटि २५० बाइक पाउनेको सूचीमा सार्वजनिक गरेको छ।

नेपाललाई सात वटा क्षेत्रमा विभाजन गरेर मंसिरदेखि चैतसम्म कम्पनीले रुस्लान वीन-वीन अफर कार्यक्रम सञ्चालन गरेको थियो। जसअनुसार क्षेत्र नम्वर १ बाट विराटनगरका एमडि कलामले बेनेली बाइक प्राप्त गरे। कम्पनीले क्षेत्र नम्वर १ मा मेची र कोशी अञ्चललाई राखेको थियो।
 
त्यसैगरी जनकपुर र सगरमाथा अञ्चललाई क्षेत्र २ मा राखिएको थियो। यो क्षेत्रबाट उदयपुर गाईघाटका जनार्दन राउतले पुरस्कार पाए। त्यसैगरी क्षेत्र नम्वर ३ मा नारायणी अञ्चललाई राखिएको थियो। यो क्षेत्रबाट रुकुमकोट रुकुमकी सुरेखा हमालले बेनेली बाइक प्राप्त गरिन्।
 

त्यसैगरी क्षेत्र नम्वर ४ मा गण्डकी र धवलागिरीलाई राखिएको थियो। यो क्षेत्रबाट कास्की धिताल ८ का टिकाराम अधिकारीले बाइक पुरस्कार प्राप्त गरे। क्षेत्र नम्वर ५ मा लुम्बीनी र राप्ती अञ्चललाई राखिएको थियो। यो क्षेत्रबाट सुख्खानगर बुटवलका कृष्णप्रसाद बस्यालले पुरस्कार प्राप्त गरे।
 
क्षेत्र नम्वर ६ मा सेती, भेरी महाकाली र कर्णाली राखिएको थियो। यो क्षेत्रबाट  महेन्द्रनगरका धिरेन्द्रबहादुर चन्दले बेनेली बाइक पुरस्कार प्राप्त गरे भने क्षेत्र न ७ अन्तर्गत काठमाडौं उपत्यकालाई राखिएको थियो। उपत्यकाबाट वानेश्वरकी शान्ति महर्जनले बाइक पुरस्कार प्राप्त गरिन्।

मदिरा व्यवसायी महासंघका अध्यक्ष तथा महासचिव, होटल व्यवसायी महासंघका अध्यक्ष तथा रेबानका अध्यक्ष लगायतको उपस्थितिमा लक्की ड्र निकालिएको थियो। लक्की ड्रमा सातलाख भन्दा बढी कुपन समावेश गरिएको थियो।