नयाँ वर्षमा हेटौंडाको शहीद स्मारकमा २० हजार आन्तरिक पर्यटक, स्विमिङ पुलदेखि झोलुङेपुलसम्म

बिजमाण्डू
२०७४ बैशाख २ गते १०:३३ | Apr 15, 2017
नयाँ वर्षमा हेटौंडाको शहीद स्मारकमा २० हजार आन्तरिक पर्यटक, स्विमिङ पुलदेखि झोलुङेपुलसम्म


हेटौंडा।हेटौंडामा रहेको शहीद स्मारकमा नयाँ वर्षको दिनमै २० हजारले भ्रमण गरेका छन्।

Tata
GBIME
Nepal Life


नारायणी अञ्चलको उत्कृष्ट पिकनिक गन्तब्यको रुपमा रहेको स्मारकमा शुक्रबार बारा,पर्सा,रौतहट र चितवनबाट घुम्न आएका थिए।हेटौडाको बुद्धचोकबाट १० किलोमिटर पश्चिमको डाँडामा पार्क छ।

जंगलको बीचमा रहेकोले शान्त वातावरण पनि भएकोले आन्तरिक पर्यटकको पहिलो रोजार्इमा पर्ने गरेको छ।पार्कभित्र विजुली,खानेपानी,पार्किङ लगायतका सबै सुविधा छन्।पार्कभित्र विभिन्न वन्यजन्तुसँगै स्विमिङ पुल समेत छ।