sagoon advert

श्री एयरलाइन्सको ५० सीट क्षमताको जहाज आयो, १५ दिनभित्र थप दुईवटा जहाज आउँदै




काठमाडौं। श्री एयरलाइन्स एयरलाइन्सले नयाँ जहाज ल्याएको छ।


हेलिकोप्टरवाट सेवा दिइरहको कम्पनीले अब जहाजवाट पनि सेवा दिने जनाएको छ।कम्पनीले ५० सीट क्षमताको जहाज बुधवार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको छ। क्यानडामा निर्माण भएको क्यानडा एयरको डोमेस्टिक उडान भर्ने जेट इन्जिन भएको बम्वार्डियर सिआरजे- २०० मोडेलको सेकेन्डह्यान्ड जहाजलाई कम्पनीले ल्याएको हो।
 
नेपालको आन्तरिक हवाई सञ्जाललाई थप विस्तार गर्नका लागि कम्पनीले जहाज थप गरेको जनाएको छ। जहाजलाई जापानवाट चीनहुँदै नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।कम्पनीले केही समयभित्रै यो जहाजबाट उडान गर्नेछ।
 
यसअघि सौर्य एयरलाइन्सले जेट इन्जिन भएको जहाज ल्याएको थियो। कम्पनीका अनुसार अबको दुई साताभित्रै थप दुईवटा जहाज नेपाल आउनेछन्। ७८ सिट क्षमताको सिआरजे ७०० र ५० सिट क्षमताको सिआरजे २०० मोडेलका जहाजहरु आउने कम्पनीले जनाएको छ।
 
कम्पनीले उडानका लागि ६ वटा गन्तब्य पनि तय गरिसकेको जनाएको छ। श्रीले काठमाडौंवाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा माउन्टेन फ्लाइट गर्ने जनाएको छ। कम्पनीले नेपालका ट्रङक रुट मानिएका उक्त स्थानहरुमा बुद्ध एयर र यति एयरको एकाधिकार हटाउन ब्रेक थ्रु हुने दाबी गरेको छ।
 
 
हाल बुद्ध एयर, यति एयर, सिम्रिक एयर, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले आन्तरिक रुटमा ट्रंङक मानिएका स्थानहरुमा सेवा दिइरहेका छन्। कम्पनीले एयरलाइन्सको सेवा विस्तारका लागि थप पाइलट सहित दुर्इ सय कर्मचारी लिने जनाएको छ।

कम्पनीसँग हाल 'एमआई-१७' हेलिकोप्टर ६ वटा र चारवटा युरोकप्टर 'एएस ३५० विई ३' गरी कुल १० वटा हेलिकोप्टर रहेका छन्। कम्पनीले सन् १९९९ देखि हेलिकोप्टरले सेवा दिन सुरु गरेको हो।कम्पनीले गत मार्च महिनामात्र नेपाल नागरिक उड्ययन प्राधिकरणवाट एयरलइन्स थप गर्ने वा लिजमा लिएर चलाउनका लागि नो अब्जेक्सन लेटर पाएको थियो। कम्पनीले यी तीनवटा जहाज भित्र्याउनका लागि दुई अर्ब रुपैयाँ खर्च गर्ने जनाएको छ। 
 


Share this Story

   

श्री एयरलाइन्सको ५० सीट क्षमताको जहाज आयो, १५ दिनभित्र थप दुईवटा जहाज आउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.