प्रदीपजंग पाण्डे: जसलाई कर्पोरेट गेममा नखाएको बिष लाग्यो, ‘काँडा झिके पनि घाउ चस्किरहन्छ’

बिजमाण्डू
२०७३ चैत्र ३१ गते १६:०० | Apr 13, 2017
प्रदीपजंग पाण्डे: जसलाई कर्पोरेट गेममा नखाएको बिष लाग्यो, ‘काँडा झिके पनि घाउ चस्किरहन्छ’


Tata
GBIME
Nepal Life

फलामले नै फलामलार्इ काट्ने रहेछ। नेताले नै नेतालाई सक्ने रहेछ। व्यवसायीले नै व्यवसायीलाई सक्ने रहेछ। त्यही भएर म पनि साथीहरुबाटै भिक्टिमाइज भएँ।अब मलार्इ न्याय भएको छ। चोट पुर्याउनेहरुका बारेमा टिप्पणी गर्न चाहन्न।

एउटा काँडा विझेपछि ननिकालुन्जेल चस्काइ रहन्छ नि। निकालेपछि पनि केही समय त दुखि नै रहन्छ।'  तर उनलाई दुख दिनेहरुप्रति कुनै गुनासो भने छैन। नखाएको बिष लाग्यो। आफ्नै साथीहरुले प्रतिस्पर्धामा हारेपछि कहिले नभरिने घाउ दिए।

काठमाडौं । २०७० साल चैत २९ गते। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा सहभागी हुन देशभरबाट उद्योगी व्यवसायी कमलादीस्थित नेपाल प्रज्ञा भवनमा जम्मा भइरहेका थिए।
 
अध्यक्षका उम्मेदवार प्रदीपजंग पाण्डे लगायतको टीम मत मागिरहेका थियो। त्यही बेला अध्यक्ष सुरज वैद्य टोयोटाको ल्याण्डक्रुजर एलएक्स लिएर आए।
 
वैद्यसँगै ल्याण्डक्रुजरमा अध्यक्षका अर्का प्रतिस्पर्धी भाष्करराज राजकर्णिकारसमेत थिए। वैद्यले सहमतिमा अध्यक्ष चयनका लागि छलफल गर्न भन्दै पाण्डेलार्इ ल्याण्डक्रुजरमा  राखे र स्टेरिङ दबाए।
 
ल्याण्डक्रुजरमा वैद्य, राजकर्णिकार र पाण्डेबीच छलफल भयो तर सहमति जुटेन। वैद्यले पाण्डेलार्इ निर्वाचनबाट पछि हटेर राजकर्णिकारलार्इ सर्वसम्मत अध्यक्ष बनाउन प्रस्ताव गरे। तर, पाण्डेले सहमतिका लागि समय घर्किसकेको भन्दै समर्थन गर्न नसकिने जवाफ दिए।
 
प्रज्ञा प्रतिष्ठानबाट निस्किएको ल्याण्डक्रुजर टुँडिखेलको एक फन्को मारेर प्रज्ञा प्रतिष्ठानमै पुगेर रोकियो। तर सहमति भएन। अध्यक्षका उम्मेद्वार नै एकछिन 'हराउँदा' निर्वाचनको समय केही पछि सरेपनि रोकिएन।
 
२०७० चैत २९ गते राती नौ बजे नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट प्रदीपजंग पाण्डे निर्वाचित भए। निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको एफएनसिसिआर्इको सर्वोच्च पदमा पुगे पाण्डे। पाण्डेले राजकर्णिकारलार्इ फराकिलो अन्तरले हराए। पाण्डे र राजकर्णिकारले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।

***

२०७१ चैत ३ गते मध्यान्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे लाजिम्पाटस्थित शंकर होटलमा आन्तरिक राजस्व विभागद्धारा आयोजित सम्मान कार्यक्रमा सहभागी भइरहेका थिए। महासंघ अध्यक्षबाहेक उनी लोमस फर्मास्युटिकल्स, कसमस सिमेन्ट उद्योग र सिटिजन्स बैँक इन्टरनेशनलका समेत अध्यक्षसमेत थिए।  
 
विभागका महानिर्देशक चुडामणी शर्माले कर प्रशासनलार्इ सहयोग गरेको भन्दै महासंघलाई सम्मान गर्ने कार्यक्रम थियो। सम्मान थापेर साँझ पाण्डे बालुवाटारस्थित निवास पुगेका मात्र के थिए, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आइपुग्यो। प्रहरीले पाण्डेलाई घरबाटै पक्रेर लग्यो।

***

 
पक्राउपछि चलचित्रमा जस्तै पाण्डेका सुखद 'सिन' हरु दुःखतिर मोडिए। उनी महासंघ राजनीतिको सबैभन्दा ठूलो कर्पोरेट गेमको शिकार बने।
 
३० वर्ष अगाडिको भ्रष्टाचार मुद्दालाई लिएर पक्राउ परेपछि २०७२ जेठ १३ गते महासंघले पाण्डेलार्इ अध्यक्ष पदबाट हटाउने निर्णय गर्यो। वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका कार्यवाहक अध्यक्षमा बढुवा भए। पाण्डेको वहिर्गमनसँगै महासंघको राजनीतिले पनि फन्को मार्यो।
 

***

२०७३ चैत ३० मा नारायणहिटी संग्राहालयको दक्षिण गेटमा स्थित लोमश भवनको पहिलो तल्लामा पाण्डे सक्रिय रुपमा आफ्ना कर्मचारीलार्इ लगनशील भएर काम गर्न निर्देशन दिइरहेका थिए।

 
सर्वोच्चले जिल्ला अदालतको फैसला खारेज गरेर पाण्डेको पक्षमा निर्णय दिएको हो। २०४२ सालमै तात्कालिन श्री ५ बाट माफी मिनाहा पाइसकेको र पछि राष्ट्रपतिले समेत माफी दिएको सन्दर्भमा पाण्डे दोषी नरहने सर्बोच्चले ठहर गरेको छ।

राजा वीरेन्द्रसमक्ष श्रीमती उर्मिला पाण्डेले बिन्तिपत्र दिएपछि २०४२ सालमै हुकुम प्रमाङ्गीबाट जरिवाना र सम्पूर्ण कैद मिनाहा भयो। पञ्चायतमै सजाय मिनाहा भयो। प्रजातन्त्र आयो। लोकतन्त्र आयो। गणतन्त्रमा राष्ट्रपतिले फेरि कैद मिनाहा गरिदिएका थिए।

सँधैजस्तै निलो रङ्गको कोट र सेतो सर्टमा ठाँटिएका पाण्डेले कर्मचारीलार्इ भन्दै थिए- हाम्रो नीति राज्यलार्इ सहयोग गर्ने र उपभोक्तालार्इ गुणस्तरीय उत्पादन दिने हो। यसमा तपार्इहरुले सम्झौंता नगर्नुस्।
 
अहिले पाण्डेको दैनिकी फेरिएको छ। घर अनि कार्यालय र सार्वजनिक कार्यक्रममा पनि कम देखिन्छन्।
 
दुर्इ वर्षअघि उनी विहानै महासंघको टेकु कार्यालय पुग्थे। व्यवसायीको मुद्दा बोकेर राज्यका ढोका चाहार्थे। सभा, सेमिनारका निम्ता मान्नेदेखि सामाजिक काममा पनि सक्रिय हुन्थे। अध्यक्ष भएपछि ब्यस्तता निक्कै बढेको थियो।
 
त्यही महासंघको अध्यक्ष बन्नु उनको जीवनकै सबैभन्दा ठूलो दुर्भाग्य हुन पुग्यो। निर्वाचनमा हारेका राजकर्णिकारले 'कर्पोरेट गेम' को शिकार बनाए।
 
प्रज्ञा प्रतिष्ठानबाट टुँडिखेल एक फन्को मार्दै गर्दा वैद्य र राजकर्णिकारले भनेको मान्दिएको भए सायद उनको जीवनमा यस्तो कठिनाइ आउने थिएन। ३० वर्ष अगाडि फछ्यौंट भइसकेको र समाप्त भएको मुद्दा ब्यूँताएर उनको सामाजिक जीवन समाप्त पार्ने  'गेम प्लान' पक्कै बन्ने थिएन।
 
दुर्इ पल्ट महासंघको उपाध्यक्ष हुँदा नल्याएको मुद्दा अध्यक्ष बन्दै गर्दा ल्याइयो। राजकर्णिकारले यो मुद्दालार्इ ब्यूँताएर महासंघको सर्वोच्च पदमा जाने योजना बनाए तर उनी आँफै पनि सफल भने हुन सकेनन्।
 
२०४२ सालमा खानेपानी तथा ढल निकास विभागमा कर्मचारी हुँदा भ्रष्टाचार ठहर भएको र त्यस वापत सजाय भुक्तान नभएको भन्दै राजकर्णिकारले प्रशासनमा निवेदन दिएका थिए। पाण्डेले तात्कालिन 'श्री ५' बाट आफुले माफि पाइसकेको भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन  दिएका थिए। तर, अदालतको उनको माग अस्विकार गर्यो।

***

पाण्डे महासंघ अध्यक्ष निर्वाचित हुँदाको क्षण। (फाइल तश्विर)
 
प्रज्ञा प्रतिष्ठानबाट टुडिखेल एक फन्को मार्दै गर्दा वैद्य र राजकर्णिकारले भनेको मान्दिएको भए उनको जीवनमा कठिन दिन आउने थिएन सायद। ३० वर्ष अगाडि फछ्यौंट भइसकेको र समाप्त भएको मुद्दा ब्यूँताएर सामाजिक जीवन समाप्त पार्ने 'गेम प्लान'का शिकार हुने थिएन।

तीन दशक पुरानो मुद्दालार्इ आफु अनुकुल राज्य संयन्त्र प्रयोग गरेर ब्यूँतार्इयो र एउटा उद्योगीको सामाजिक प्रतिष्ठा समाप्त पारियो। यसरी नेपालको र्इतिहासमै सबैभन्दा ठूलो 'कर्पोरेट गेम प्लान'को शिकार भए पाण्डे। ३० वर्षअघि पाण्डे खानेपानी तथा ढल निकास विभागमा कर्मचारी थिए।त्यो बेलाको एउटा भष्ट्राचार मुद्दामा उनलाई तीन वर्ष कैद, साढे नौ लाख बिगो र जरिवाना तोकिएको थियो।
 
राजा वीरेन्द्रसमक्ष श्रीमती उर्मिला पाण्डेले बिन्तिपत्र दिएपछि २०४२ सालमै हुकुम प्रमाङ्गीबाट जरिवाना र सम्पूर्ण कैद मिनाहा भयो। पञ्चायतमै सजाय मिनाहा भएपछि प्रजातन्त्र आयो। लोकतन्त्र आयो। गणतन्त्रमा राष्ट्रपतिले फेरि कैद मिनाहा गरिदिए।
 
जब पुरानो मुद्दा व्यूँताउन भाष्करले प्रशासनमा निवदेन दिए पाण्डे अदालत पुगेर आफू बिरुद्धको कारबाही रोक्न माग गरे। तर,  अदालतमा राजाले कैद मिनाहा गरेको अभिलेख भेटिएन। योजनाबद्ध ढंगले अघि बढाइको 'कर्पोरेट गेम'मा विपक्षी समूहले त्यस अघि नै कैद मिनाहाको कागज च्यातच्युत पारिदिइ सकेको थियो। त्यसैले विपक्षीले चाहेजस्तै जिल्ला अदालतले २०७१ चैत ३ गते जेल भूक्तान भएको नदेखिएको भन्दै थुन्ने फैसला सुनायो। उनी जेल चलान भए।
 
नखाएको बिष लाग्यो भन्दै पाण्डे सर्बोच्च गए। अन्तत: सर्बोच्चले पाण्डेलाई न्याय गर्यो। सर्वोच्चले तात्कालिन श्री ५ एवं  राष्ट्रपतिबाट मुद्दा निरुपण भइसकेको भन्दै केही दनिअघि मात्रै सफाइ दिएको छ।
 
सर्वोच्चले जिल्ला अदालतको फैसला खारेज गरेर पाण्डेको पक्षमा निर्णय दिएको हो। २०४२ सालमै तात्कालिन श्री ५ बाट माफी मिनाहा पाइसकेको र पछि राष्ट्रपतिले समेत माफी दिएको सन्दर्भमा पाण्डे दोषी नरहने सर्बोच्चले ठहर गरेको छ।
 
दुर्इ वर्ष यता सामाजिक जीवनबाट वाहिर रहेका पाण्डे कैदमा रहँदा होस् या बाहिर आएपछि अन्तरआत्माबाट सत्य प्रतिको भरोसा टुट्न दिएनन्।
 
सायद अध्यक्ष नभएको भए जीवनमा संकटको छाँया पर्दैन थियो कि?
 
'हिन्दु धर्ममा ग्रह दसा हुन्छन्। दसा विग्रिएको थियो क्यार मेरो,' उनले बिजमाण्डूसँग भने, 'सायद त्यो नभएको भए अरु केही हुन्थ्यो कि! दुर्घटना पो हुन्थ्यो कि! मरिन्थ्यो कि!'
 
महासंघबाट वहिर्गमन पछि पाण्डे धेरै समय आफ्नै कार्यालयमा बिताउँछन्। स्वास्थ्यमा मधुमेह र ब्लड प्रेसरसँगै युरिक एसिड थपिएको छ। तर, जीवनमा पहिले र अहिलेमा केही परिवर्तन नभएको उनको भनाइ छ।
 
दुई बर्षको चोटले कहीँ न कहीँ त 'घर' बनाएको होला नि?
 
'एउटा काँडा विझेपछि ननिकालुन्जेल चस्काइ रहन्छ नि,' उनले भने, 'निकालेपछि पनि केही समय त दुखि नै रहन्छ।'  तर उनलाई दुःख दिनेहरुप्रति कुनै गुनासो भने छैन।
 
नखाएको बिष लाग्यो। आफ्नै साथीहरुले प्रतिस्पर्धामा हारेपछि कहिले नभरिने घाउ दिए।
 
'फलामले नै फलामलार्इ काट्ने रहेछ। नेताले नै नेतालाई सक्ने रहेछ। व्यवासयीले नै ब्यवसायीलाई सक्ने रहेछ। त्यही भएर म पनि साथीहरुबाटै भिक्टिमाइज भएँ,' पाण्डेले भने, 'अब मलार्इ न्याय भएको छ। चोट पुर्याउनेहरुका बारेमा टिप्पणी गर्न चाहन्न।'
 
'यहाँ आर्यघाट नपुगेसम्म नछोड्ने रहेछन्, के टिप्पणी गरौं!'- यो दुई बर्षमा आफुले बुझेको सत्य सुनाए।