कुनै कामका लागि सवारी चाहियो? मोवाइल एपमा एक क्लिक गर्नुस भनेको ठाउँमा आइपुग्छ गाडी

बिजमाण्डू
२०७३ चैत्र ३१ गते १४:५५ | Apr 13, 2017
काठमाडौं । काठमाडौंमा कतै जानु या केही सामान ओसारपसार गर्नु छ? अब ट्याक्सी खोज्न सडकमा निस्किने या फोन गरेर गाडी बोलाउने झन्झटवाट मुक्ति पाउनुहुनेछ।
 
तपाईंले चाहेको समय र स्थानमा सवारी उपलब्ध गराउन नयाँ सेवा सुरु भएको छ। जस अनुसार आफ्नो मोवाइलको एपमा एक क्लिक गरेपछि चाहेको समयमा ट्याक्सी या अन्य सवारी साधन उपलब्ध हुनेछ।  

Tata
GBIME
Nepal Life

ब्रिटिस कम्पनी भोरीले फ्रेञ्चायजी मार्फत नेपालमा यो सेवा सुरु गरेको हो। कम्पनीले एन्ड्रोइड र एपलको एप्स स्टोर दुबैमा आफ्नो एप उपलब्ध हुने जनाएको छ। कम्पनीले ट्याक्सी, पर्यटक सवारी लगायत रिजर्भको सबै काम गर्ने कम्पनीका मार्केटिङ प्रमुख मनिश सिंहले बताए।
 

भोली (नयाँ बर्ष)देखि लन्च हुन लागेको यो एपमा सवारी दर्ता गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए।
 
दर्ता भएका सवारीले एपमार्फत आएको अनुरोध अनुसार उपभोक्तालाई सेवा दिनेछन्। सिंहका अनुसार एप मार्फत सेवा दिने सवारीलाई जीपीएस ट्रयाकिङ गरिएको छ। जसका कारण उपभोक्ताले एप मार्फत अर्डर गर्ने वित्तिकै सबैभन्दा जनिकको सवारी साधानलाई पहिलो अनुरोध जानेछ। विदेशमा उवर एवं लिफ्टले यस्तै सेवा दिएर विश्वभर ख्याती कमाएका छन्।
 
नेपालको मार्केट रिसर्च गरेर सेवा सुरु गर्न लागेको एवं काठमाडौं वाहिर जान समेत तयारी भइ रहेको उनले जानकारी दिए। 
 
भोरी एप खुल्नासाथ ग्राहकलाई रहेको स्थान देखाउँछ। र, त्यहाँको अर्डर अप्सनमा क्लिक गर्ने बित्तिकै चाहेको सवारी साधान आफु ले भनेको स्थानमा आउनेछ।