विश्वज्योती मलमा खुल्यो मोबाइल मार्ट, एक दर्जन भन्दा बढी ब्राण्डका मोबाइल एउटै बजारमा

बिजमाण्डू
२०७३ चैत्र ३० गते १६:५६ | Apr 12, 2017
विश्वज्योती मलमा खुल्यो मोबाइल मार्ट, एक दर्जन भन्दा बढी ब्राण्डका मोबाइल एउटै बजारमा
काठमाडौं।नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वज्योति मलमा मोबाइल मार्ट संचालनमा आएको छ।मोबाइल मार्टमा दर्जन भन्दा बढी ब्राण्डका मोबाइल बिक्री हुनेछ।

Tata
GBIME
Nepal Life


आधा दर्जन भन्दा बढी मोबाइल ब्राण्डका मोबाइल कम्पनीका प्रमुख कार्यकारी अधिकृतले मार्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।मार्ट संचालनकै अवसर पारेर १० दिने मोबाइल महोत्सव समेत सुरु भएको छ।


महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने बताइएको छ ।महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिङ गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरीदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 


मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छाना मुनीबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गरिने बताए। ‘मोबाइल खरीद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौं ।’
 
महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको उनले बताए। उनका अनुसार एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरीदमा विशेष छुट दिइनेछ। मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसङ, ओभिआई लगायतका मोबाइल रहनेछन्।