एफएनसीसीआर्इ प्रवेश गरेको १४ वर्षमै सर्वोच्च पदमा, यस्तो छ महासंघमा भवानीको छलाङ




काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा चयन भएकी छिन्।



महासंघको ५१औं वर्षमा पहिलोपटक महिला अध्यक्ष चयन भएको हो।महासंघको उनी १८औं अध्यक्ष बनेकी छिन्।महासंघको विधान संशोधनबाट वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुने प्रावधान अनुसार राणा अधयक्ष बनेकी हुन्।


महासंघमा प्रवेश गरेको १४ वर्षमा राणा अध्यक्ष बन्न सफल भर्इन्।महासंघको राजनीतिमा २०६२ सालमा प्रवेश गरेकी थिर्इन्।राणा २०६४ सालदेखि ०६७ सालसम्म पहिलो पटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भर्इन्।कार्यकारिणी समितिबाट उपाध्यक्षमा निर्वाचित हुँदै बरिष्ठ उपाध्यक्षमा चयन भर्इन्।राणा बाँकेमा रहेको स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।
 
राणा स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिका निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रवर्द्धक, पद्य क्रियशन प्रालिका निर्देशक र बागेश्वरी विकास बैंकको प्रवर्द्धक छिन्।

सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा उनले लिएकी हुन्। अध्यक्ष राणा उच्च शिक्षा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर हुन्।राणा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डका सदस्य पनि हुन्। राससको सहयोगमा
 


Share this Story

   

एफएनसीसीआर्इ प्रवेश गरेको १४ वर्षमै सर्वोच्च पदमा, यस्तो छ महासंघमा भवानीको छलाङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.