तलब आएको सात दिनमै पैसा सकिन्छ? पाँच उपाय जसले तपाईलाई जागिर नहुँदा पनि जोगाउँछ

बिजमाण्डू
२०७३ चैत्र २७ गते १२:३५ | Apr 9, 2017
तलब आएको सात दिनमै पैसा सकिन्छ? पाँच उपाय जसले तपाईलाई जागिर नहुँदा पनि जोगाउँछ

काठमाडौं। महिनाभरी काम गर्यो। एक पटक तलब आउँछ। सात दिनमै 'चइट'। यो प्रवृत्ति 'फाइनान्सिय फ्युचर' का हिसावले राम्रो कुरा होइन।
 

Tata
GBIME
Nepal Life
आफ्ना आवश्यकताहरुलाई पुरा गर्नै पर्छ। कन्जुस पनि हुनु हुँदैन। तर कहिलेकाँही अनावश्यक शोख चढेर आउँछ। हो, त्यस्ता इच्छाहरुलाई भने तपाईले नियन्त्रण गर्नै पर्छ। यदि अनावश्यक शौखतिर लाग्नु भयो भने कुनै पनि मन्त्रले काम गर्दैन, तपाईले ऋण लिनै पर्छ।

तपाई बर्षको दुई पटक तलवबाट यो कोषमा छुट्टै रकम जम्मा गर्न सक्नु हुन्छ। यसले गर्दा तपाईलाई अप्ठ्यारा दिनहरुमा पनि सहज रुपमा जिन्गदी चलाउन मद्दत पुग्छ।

पैसा सकिएपछि बाँकी समय चल्न ऋण लिनु पर्ने वाध्यता हुन्छ। भविस्यका लागि बचत नै हुँदैन। तर तलवबाट बचत गर्ने केही तरिकाहरु छन्, जसलाई  पालना गरेमा भविस्यमा दुख उठाउनु पर्दैन।
 
खर्चमा कटौती
सबैभन्दा पहिले कुन क्षेत्रमा बढि खर्च भइरहेको छ भनेर महिनाभरीको आफ्नो लिस्ट हेर्नुस्, जसले गर्दा कुन खर्चलाई कटौती गर्न सकिन्छ भनेर विश्लेषण गर्न सकियोस्। खर्च कटौती गर्दा तपाईलाई सुरु सुरुमा केही दुख हुन सक्छ। तर तपाईको तलव महिनाभरी पुर्याएर बचत गर्नका लागि त केहि न केही दुख त गर्नै पर्छ।
 
बजेट बनाउनुहोस्
तपाईले आफ्नो तलव खर्च गर्नुअघि नै महिनाको सुरुमै बजेट बनाउनुहोस्, जसले तपाईलाई एकदमै सहयोग गर्छ। तलवलाई तपाईले अनिवार्य खर्च, बचत र सुविधाभोगी खर्च भनेर निश्चित रकम छुट्याउन सक्नु हुन्छ। यसबाट पैसा कहाँ कहाँ खर्च भइरहेको छ भन्ने स्पष्ट हुन्छ। विज्ञहरु भन्छन्- तलबको ५० प्रतिशत खत्यावश्यकमा, ३० प्रतिशत बचतमा र २० प्रतिशत सुविधाभोगी क्षेत्रमा खर्च गर्नु पर्छ।
 
अनावश्यक चाहनालाई नियन्त्रण
आफ्ना आवश्यकताहरुलाई पुरा गर्नै पर्छ। कन्जुस पनि हुनु हुँदैन। तर कहिलेकाँही अनावश्यक शोख चढेर आउँछ। हो, त्यस्ता इच्छाहरुलाई भने तपाईले नियन्त्रण गर्नै पर्छ। यदि अनावश्यक शौखतिर लाग्नु भयो भने कुनै पनि मन्त्रले काम गर्दैन, तपाईले ऋण लिनै पर्छ।
 
एमेरजेन्सी फण्ड
जिन्दगी सँधै एकैनास र सोचेजस्तो गरि चल्दैन। कहिलेकाँही एकदमै खराव दिनहरु पनि आउँछन्। खराव दिनहरु पनि आउँछन् भनेर तपाईले पहिलेदेखि नै केही न केही व्यवस्थित भएर बस्नु पर्छ। त्यस्तो बेलाका लागि अहिलेदेखि नै एमेरजेन्सी फण्ड बनाउनु पर्छ। तपाई बर्षको दुई पटक तलवबाट यो कोषमा छुट्टै रकम जम्मा गर्न सक्नु हुन्छ। यसले गर्दा तपाईलाई अप्ठ्यारा दिनहरुमा पनि सहज रुपमा जिन्गदी चलाउन मद्दत पुग्छ।
 
लामो अवधिको लगानी
आजजस्तो छ भोली पनि त्यही त हो नि भन्ने लाग्छ। अर्थात अहिले दुख गरेर जम्मा गर्यो भोली कसले देखेको हुन्छ र पैसा जम्मा गर्ने पनि लग्न सक्छ। तपाईलाई त्यस्तै लाग्छ भने त उपाय छैन। तर भविस्यमा काम गर्न नसक्ने दिन पनि आउन सक्छ। त्यो बेलाका लागि नै हो अहिलेबाट बचत गर्ने। त्यसका लागि तपाईले लामो अवधिको लगानी गर्दा राम्रो हुन्छ। तपाईले 'सिस्टमेटिक लगानी प्लान' बनाएर अगाडि वढ्दा राम्रो हुन्छ।