Redbull

शंकास्पद कल नउठाउन टेलिकमको आग्रह, टेलिकमले विदेशी क्यारियरमार्फत कल ब्लक गर्यो


काठमाडौं। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ।



टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्वरमा ट्युनिसिया लगायत विभिन्न मुलुकको कोड नम्बरबाट मिसकल आएपछि सेवाग्राहीमा रातो नम्वरजस्तै भ्रम फैलिएको छ।
 
टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कलहरुलाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जनाएको छ। टेलिकमले कुनै यस्ता कलहरु आए नउठाउन सेवाग्राहीलाई आग्रह गरेको छ।
 
टेलिकमले ट्युनिसियावाट ‌+२१६९८.. तथा अन्य मुलुकहरुवाट यी नम्वरवाट(६७४५.., +२१२....) कल आएमा कल नउठाउन आग्रह गरेको हो। टेलिकम सहप्रवक्ता शोभन अधिकारीले अन्तर्राष्ट्रिय गिरोहले यस्तो कल गरेको बताउँदै कल व्याक नगर्न आग्रह गरे। उनले विहिवार नै त्यस्ता कलहरु टेलिकमका जिएसएम नम्वरमा नआउने बनाएको जानकारी दिए।
 

Share this Story

   

शंकास्पद कल नउठाउन टेलिकमको आग्रह, टेलिकमले विदेशी क्यारियरमार्फत कल ब्लक गर्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.