टेलिफोनको कलमा पल्सको अवधि घट्यो, कात्तिकपछि जति कल गर्यो त्यति मात्र पैसा तिरे पुग्ने


काठमाडौ। नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा उपभोक्तामैत्री निर्णय गर्दै नयाँ 'पल्स' अवधि लागु गरेको छ।



प्राधिकरणले वैशाख १ गतेदेखि अनिवार्य कार्यान्वयन हुनेगरी सबै टेलिफोन कम्पनीको पल्स अवधि समान बनाउने गरी नयाँ पल्स अवधि निर्धारण गरेको हो।गत शुक्रवार प्राधिकरणको सञ्चालक समितिले टेलिफोन महसुल कम गर्ने निर्णय गरेको हो।

'पल्स अवधि' भनेको टेलिफोन सेवाको महसुल काट्न निर्धारण गरिने प्रति इकाई समय हो। यसअघि पल्स अवधि धेरै हुँदा सेवाग्राहीलाई महसुलको भार बढी परेको थियो। पल्स अवधि कम हुँदा महसुलको भार पनि कम हुन्छ। 
 
पल्स अवधिलाई दुई चरणमा यसको कार्यान्वयन गर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। सेवाप्रदायकका ग्राहकलाई महसुलभार कम गराउने गरी पल्स अवधि घटाइएको उनले बताए।पहिलो चरणमा २०७४ वैशाख १ गतेदेखि लागु हुने गरी पिएसटिएनमा ६० सेकेन्ड, आन्तरिक मोबाइलमा १० सेकेन्ड र अन्तर्राष्ट्रिय मोबाइलमा ३० सेकेन्ड पल्स अवधि निर्धारण भएको छ।

कात्तिकबाट लागु हुनेगरी दोस्रो चरणमा पिएसटिएनमा ६० सेकेन्ड, आन्तरिक मोबाइलमा १ सेकेन्ड र अन्तर्राष्ट्रिय मोबाइलमा १० सेकेन्ड निर्धारण गरिएको छ ।अर्यालका अनुसार नयाँ पल्स अवधि अनुसार सबै प्रकारको मोबाइलमा प्रत्येक १० सेकेन्डको एक पल्स मानिने छ । अहिले २० सेकेन्डको एक पल्स हुन्छ। यस अनुसार अहिले कुनै मोबाइल प्रयोगकर्ताले नौ सेकेन्ड कुरा गरे पनि २० सेकेन्डकै पैसा तिर्नु परिरहेको छ।
 
२१ सेकेन्ड कुरा गर्ने प्रयोगकर्ताले ४० सेकेन्डको पैसा तिर्नुपर्ने हुँदा नयाँ पल्स अवधि घटाइएको हो नयाँ पल्स अवधि अनुसार १० सेकेन्डको एक पल्स हुनेछ। ९ सेकेन्डसम्म १० सेकेन्डकै पैसा र त्यसपछि १९ सेकेन्डसम्म २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्छ । ग्राहकले २१ सेकेन्ड कुरा गर्दा ४० सेकेन्डको पैसा तिर्ने हुनाले अहिलेसम्म सेवा प्रदायकले कुरै नगरेको समयबाट पनि रकम असुलिरहेका छन्। 
 
प्राधिकरणले पहिलो ६ महिनाका लागि मोबाइलमा १० सेकेन्डको अवधि तोकिको छ। त्यसपछि भने हरेक एक सेकेन्डको एक पल्स हुनुपर्ने प्राधिकरणले सर्त तोकिदिएको छ। ६ महिनापछि ग्राहकले जति सेकेन्ड कुरा गर्योन उति सकेन्डको पैसा तिरे पुग्ने उनले बताए।
 


Share this Story

   

टेलिफोनको कलमा पल्सको अवधि घट्यो, कात्तिकपछि जति कल गर्यो त्यति मात्र पैसा तिरे पुग्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.