नेप्सेमा थपियो ४२ करोडको शेयर, पाँच बैंकको बोनस र हकप्रद सुचिकृत, एनआइबिएल फण्डको कारोबार सुरु

बिजमाण्डू
२०७३ चैत्र १५ गते १३:५७ | Mar 28, 2017

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा ४२ करोड ४३ लाख रुपैयाँ बराबरको ४२ लाख ४३ हजार  कित्ता शेयर सुचिकृत भएको छ । पाँच बैंकको बोनस  र एकको हकप्रद सुचिकृत भएको हो ।  

मंगलबार ज्योति बिकास बैकको ११ लाख ७२ हजार नौ सय सात कित्ता, स्ट्यान्डर्ड चार्टड बैंकको १३ लाख ७४ हजार सात सय ५३ कित्ता, गरिमा बिकास बैंकको २१ लाख ६१ हजार २३ कित्ता र कंचन डेभलपमेन्ट बैंकको चार लाख ९५ हजार कित्ता बोनस सुचिकृत भएको हो ।

Tata
GBIME
Nepal Life

यसैगरी आजै कंचन डेभलपमेन्ट बैंकको हकप्रद पनि सुचिकृत भएको छ ।

बैंकको नौ लाख ९० हजार कित्ता हकप्रद सुचिकृत भएको हो । 

यसैगरी लक्ष्मी बैकले एक्वाएर गरेको प्रफेसनल दियालो बैँकको शेयर पनि नेप्सेमा सुचिकृत भएको छ ।

बैकको ११ लाख ९८ हजार ११ कित्ता शेयर मगलबार सुचिकृत भएको हो ।

बैकले प्रोफेसनल दियालोलार्इ प्रति शेयर ५० रुपैयाँमा खरिद गरेको हो ।

नेप्सेको कारोबार कक्षमा आजदेखि एनआइबिएल प्रगति फण्डको पनि कारोबार सुरु भएको छ ।

नेप्सेले कारोबारका लागि फण्डलार्इ एनआइबिएलपीएफ सिम्बोल दिएको छ । यहि सिम्बोल मार्फत आज देखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँ रेन्ज तोकेको छ । आजको पहिलो कारोबारमा दुई प्रतिशत घटबढ गरी कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।