रेनोल्टको एक्सचेन्ज कार्निभल सुरु, क्वीड र डस्टर ८ दशमलब ९९ प्रतिशत ब्याजमा किन्न सकिने

बिजमाण्डू
२०७३ चैत्र १४ गते २१:०९ | Mar 27, 2017
रेनोल्टको एक्सचेन्ज कार्निभल सुरु, क्वीड र डस्टर ८ दशमलब ९९ प्रतिशत ब्याजमा किन्न सकिने
काठमाडौं।रेनोल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइल्सले एक्सचेन्ज कार्निभल सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर रेनोल्ट वाउ अफरसँग समन्वय गरि ल्याइएको छ।यो अफर अन्तर्गत अब न्यू एयर जम्छ किनकि एक्सचेन्जमा दम छ स्लोगान समेत ल्याएको छ।यो अफर अनुसार मासिक न्यूनतम किस्ताबन्दीमा रेनोल्टको क्वीड र डस्टर एक्सचेन्ज वा खरीद गर्न सकिने कम्पनीले जनाएको छ।कम्पनीले ८ दशमलब ९९ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने जनाएको छ।

यो योजना अनुसार नगद छुट,दुर्इ वर्ष निशुल्क सर्भिस,एक वर्षको निशुल्क सडक करका साथै पाँच वर्षसम्मको विस्तारित वारेन्टी दिने कम्पनीले जनाएको छ।कम्पनीले डस्टर २८ हजार २ सय र क्वीड १३ हजार ३ सय ५७ रुपैयाँ मासिक किस्तामा किन्न पाउने सुविधा समेत ल्याएको छ।

एक्सचेन्ज कार्निभल काठमाडौंमा चैत ११देखि सुरु भएर १६ गते सकिदैछ।भैरहवाबिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल/बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म र नारायणघाट/पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुँदैछ । एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिङ तथा एक्सचेन्जको सुविधा उपलब्ध गराइएको कम्पनीले जनायो।