साताभरी १०० अंकले उक्लिएको बजार एकै दिन ५० अंक हाराहारी उक्लियो, १७६ करोडको किनबेच

बिजमाण्डू
२०७३ चैत्र १३ गते १५:५१ | Mar 26, 2017

काठमाडौ।  गत साताभर १०३ अंकमाथि उक्लिएको सेयर बजार पहिलो दिन नै ५० अंक हाराहारी बढेर बन्द भएको छ। बजार ६० अंकसम्म उक्लिए पनि १३ अंक तल झरेर बन्द भएको छ।

Tata
GBIME
Nepal Life

विश्लेषकहरु तरलता अभाव हट्दै गएर ब्याज दरमा स्थिरता आएको र निर्वाचनको वातावरण बन्दै गएर आत्मविश्वासमा सुधार एकको बताउँछन्।

दिनभरीमा बजार ४७.७९ अंकले बढेर १५३३.८३ अंकमा उक्लिएको छ। कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। १४३ कम्पनीको एक अर्ब ७६ करोड रुपैयाँको सेयर कारवबार भएको छ।

ब्रोकर संघका पूर्वअध्यक्ष अञजनराज पौडेलले तरलता सहज हुँदै गएर बैंकले ब्याज घटाउने अनुमान बलियो हुँदै गएको बताउँछन्। बैंकहरुले सेयर धितो कर्जा पनि खुकुलो गर्न थालेको जानकारी दिँदै उनले भने- चुनावी माहौल बन्दै गएकाले सेयर बजारलाई सकारात्मक प्रभाव पारेको हो।

उनको निस्कर्ष छ- केही समयदेखि 'वेट एन्ड वाच' को स्थितिमा रहेका लगानीकर्ताको प्रवेश बजारमा फेरि हुन थालेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार कित्तामा पनि बढोत्तरी भएको छ। ३४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ। सबै उपसुचकहरु हरिया भएका छन्। बिमासहितको वित्तीय क्षेत्रले साथ दिँदा बजारमा उछाल देखिएको हो।

दिनभरीमा बिमा २०३ अंकले बढेको छ। बैंकिङ साढे ४४, होटल साढे ९६, विकास बैंक ६१, जलविद्युत १५९, फाइनान्स करिव २५ र अन्य साढे ६ अंकले उक्लिएको छ।

सबैभन्दा वढि कारोबार प्रमुख इन्स्योरेन्सको संस्थापक सेयरको भएको छ। कम्पनीको १९ करो८ २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एनसिसी बैंकको नौं करोड ७३ लाख र नेशनल हाइड्रोको आठ करोड ६७ लाख रुपैयाँको किनबेच भएको छ। सानिमा बैंकको ६ करोड ३६ लाख, एनबी बैंकको पाँच करोड ८३ ला, लक्ष्मी बैंक पाँच करोड ६९ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोड १७ लाख रुपैयाँको  सेयर कारोबार भएको छ।

हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त र जनउत्तान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १७ कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारी उक्लिएको छ। तीन कम्पनीको सेयरधनी बजार बढ्दा पनि घाटामा गएका छन्।

सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्सका संस्थापक सेयरधनी नोक्शानीमा गएका हुन्।