आजदेखि टुरिजम् बैंकको हकप्रद निष्कासन, आवेदन दिने म्याद बैशाख १७ गतेसम्म

बिजमाण्डू
२०७३ चैत्र १३ गते १२:२८ | Mar 26, 2017

काठमाडौँ । टुरिजम् डेभलपमेन्ट बैंकले आइतबारदेखि हकप्रद निष्कासन गरेको छ । बैंकले माघ ६ गते सम्मका साबिक शेयरधनीकालागि शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।
बैंकले ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरका ९१ लाख ९७ हजार सात सय १२ कित्ता शेयर निष्कासन गरेको हो  । बैंकले आगामी बैशाख १७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । हाल बैंक मेघा बैंकसँग मर्जरमा गएको छ ।      
 
 
 
 

Tata
GBIME
Nepal Life