स्मार्टफोन ह्याङ्ग भएर तनाबमा हुनुहुन्छ? यी पाँच उपाय अपनाउनुस् र ह्याङ्गबाट मुक्ति पाउनुस्

बिजमाण्डू
२०७३ चैत्र १३ गते १२:०९ | Mar 26, 2017
के तपाईँ स्मार्टफोन ह्याङग हुने तथा तात्ने समस्याबाट पीडित हुनुहुन्छ? यदि यस्तो समस्या झेल्दै हुनुहुन्छ भने यसबाट मुक्ति पाउन यी पाँच उपाय अपनाउनुस्: 
१. र्‍यामलाई सफा गर्नुस् 
स्मार्टफोनको समयमा र्‍यामको भूमिका निकै बढेको छ। प्रायले फोन किन्ने बेला र्‍याम कति क्यापासिटीको छ भनेर सोध्ने गर्छन्। तर र्‍यामको भूमिकाबारे कमै व्यक्तिलाई हुन्छ।
 
कम्प्युटरको जस्तै स्मार्टफोनको स्पीड पनि र्‍यामको क्षमतामा निर्भर हुन्छ। र्‍यामको काम रन टाइममा मेमोरीलाई स्टोर गर्नु हो। जुन डिभाइस बन्द हुनेवित्तिकै सफा हुन्छ। 
 
हाम्रो फोन अक्सर खुल्लै रहन्छ। त्यसैले यसलाई बेला-बेला सफा गर्नु राम्रो हुन्छ। यसबाट हाम्रो फोन ह्याङ हुन र तात्नबाट बच्दछ। 
 
२. जरूरी ऐपलाई मात्रै फोनमा राख्नुस् 
जबसम्म हाम्रो स्मार्टफोन खुल्ला रहन्छ, तबसम्म त्यसको प्रोसेसर एक्टिव रहन्छ। धेरै एप फोन अन भएमा मात्रै चल्ने गर्छन्, हामीले तिनको प्रयोग गरे पनि या नगरे पनि।  
 
एप एक्टिभ भएमा यसको असर हाम्रो स्मार्ट फोनमा पर्ने गर्दछ। र्‍याममा धेरै एप्लिकेशन भएमा प्रोसेसिङ स्पीड स्लो हुन्छ र हाम्रो फोन विस्तारै ह्याङ हुन थाल्दछ। 
 
३. फोन सधैँ चार्जमा नराख्नुस् 
 
मानिसलाई भोक लागेजस्तै फोनको ब्याट्रीलाई पनि भोक लाग्ने गर्दछ। यसलाई पनि इनर्जीको आवश्यकता हुन्छ। त्यसैले स्मार्टफोनको व्याट्री डाउन हुन दिनु राम्रो हो। जबसम्म उसको क्षमता १० प्रतिशत अथवा त्योभन्दा तल जाँदैन तबसम्म त्यसलाई चार्जमा राख्नु हुँदैन।
 
४. पावर सेभिङ मोड फिचरको प्रयोग गर्नुस् 
 
आजभोलि स्मार्टफोनको 'पावर सेभिङ मोड' फिचरलाई त्यति प्रयोग गर्ने गरेको पाइँदैन। यो मोडमा आवश्यक एपमात्रै एक्टिभ रहन्छन्। जसका कारण हाम्रो फोन ह्याङ हुनबाट बच्ने गर्दछ। पावर सेभिङ मोडमा ब्याट्रीको क्षमतामा पनि बढोत्तरी आउँछ।
 
५. दिनमा कम्तीमा आधा घण्टा फोन बन्द गर्नुस् 
 
राति सुत्न बेला अथवा कुनै पनि समय कम्तीमा आधा घण्टाको लागि स्मार्टफोन बन्द गर्नुस्। जसबाट फोनको प्रोसेसर, र्‍याम र ब्याट्री स्लीप मोडमा रहन्छ। यसबाट फोनको प्रोसेसिङ स्पीडमा कहिल्यै पनि कमी आउँदैन।

Tata
GBIME
Nepal Life