ग्याजेट संसारका ‘सुपरफ्लप’ १० आविष्कार, जसले बजारमा कुनै प्रभाव छोड्न सकेनन्

बिजमाण्डू
२०७३ चैत्र १३ गते ११:५१ | Mar 26, 2017
ग्याजेट संसारका ‘सुपरफ्लप’ १० आविष्कार, जसले बजारमा कुनै प्रभाव छोड्न सकेनन्
ग्याजेटको संसारमा इन्नोभेसनलार्इ सबैभन्दा बढी ध्यान दिइन्छ। बजार यति प्रतिश्पर्धात्मक भैसकेको छ कि केही समयको अन्तरालमै नयाँ केही आएन भने बजारबाट ब्राण्ड नै बाहिरिन सक्छ। त्यसैले कम्पनीहरले आफुलार्इ प्रतिश्पर्धामा अब्बल सावित गर्नका लागि केही न केही नयाँ ल्याइ नै रहेका हुन्छन्। 
तर सँधैभरी त्यसरी बजारमा ल्याइने नयाँ भर्सनहरुलार्इ उपभोक्ताले रुचाउँछन् भन्ने पनि हुँदैन। ग्याजेटको बजारमा यस्ता धेरै नयाँ आविष्कार र भर्सनहरु सुपर फ्लप भएका उदाहरण छन्।
ग्याजेटमा सुपर फ्लप मानिएका १० आविश्कार-
 
एचटिसीको किकस्ट्याण्ड

Tata
GBIME
Nepal Life

सुरुमा  ठूला स्क्रिन भएका स्मार्टफोनहरु आउँदा मोबाइलमा फिल्म र भिडियो हेर्ने क्रम एकदम बढेको थियो । त्यहि मौकाको फाइदा उठाउँदै एचटिसीले ब्याकमा स्ट्याण्डबाला मोबाइल सेट बजारमा ल्यायो। यो मोबाइल सेट सुरुमा त आकर्षक नै देखियो। यसो अड्याएर भिडियो हेर्न पाएपछि मानिसहरु यसतर्फ आकर्षित पनि भए। तर ब्याक स्ट्याण्डभएका कभरहरु बजारमा यसरी आइदिए कि मानिसहरुले एचटिसीको ब्याक स्ट्याण्डवाला फोन किन्न नै छोडे। बजारमा यो आइडिया फ्लप भएर गयो।

 

सामसुङको स्मार्ट स्क्रोल


सामसुङले मानिसहरुको आँखामा छारो हाल्ने किसिमले स्मार्ट स्क्रोल आविष्कार गर्यो। सामसुङको यो सेटले फ्रन्ट क्यामेराको मद्दतले युजरको टाउकोको मुभमेन्ट ट्रयाक गर्ने र डिस्प्लेको कन्टेन्टलार्इ त्यसै अनुसार स्क्रोल गर्थ्यो। चलाउने मानिसले आफ्नै औंलाको सहायताले स्क्रिन स्क्रोल गर्न सक्षम छन् भने टाउको मुभ गरिराख्नुपर्ने यो आविष्कार सुपर फ्लप भएको थियो।
 
मोटोरोला याट्रिक्स वेबडक ल्यापटप
यो अनौठो डिभाइसले मानिसलार्इ आकर्षित गर्यो। जब स्मार्टफोनलार्इ डकमा अट्याच गरिन्थ्यो तब मोबाइल सेट लिनक्समा आधारित कम्प्युटिङ प्ल्याटफर्म बन्थ्यो। आइडिया त एकदम राम्रो थियो। तर स्मार्टफोन कम्प्युटिंगको काम गर्नका लागि फास्ट हुन सकेन। यो महंगो पनि यति थियो कि यसको मूल्यमा अर्को नयाँ कम्प्युटर नै खरिद गर्न सकिन्थ्यो। त्यसैले यो डिभाइस सुपर फ्लप सावित भयो। 
 

सोनी इरिक्सन एक्सपेरिया प्लेको गेम प्याड

धेरै मानिसहरु स्मार्टफोनमा गेम खेल्ने गर्छन्। टच स्क्रिनमा गेम कन्ट्रोल गर्न त्यति सजिलो मानिन्न। यसैले सोनीले एकपेरिया प्ले स्मार्टफोनमा स्लाइडिङ गेमप्याड बनाएर बजारमा ल्यायो। तर यसले बजारमा स्थान बनाउन सकेन किनभने जुनबेला यो फिचर सहितको फोन बजारमा आयो त्यसबेला अहिलेजस्तो धेरै गेमहरुको अप्सन नै थिएन। 

 
नेक्स्टबिटको स्मार्ट स्टोरेज
नेक्स्टबिटले क्लाउड स्टोरेज कम्पनीको रुपमा सुरुवात गरेको थियो।

कम्पनीले स्मार्ट टेक्नोलोजीको आइडिया अनुसार स्मार्टफोनको कन्टेन्ट क्लाउडमा सेभ गर्ने र मोबाइल सेटको मेमोरी खाली हुने स्टोरेट आइडिया ल्याएको थियो।

तर यस डिभाइसमा धेरै नै समस्याहरु उत्पन्न भैदियो। वाइफाइ कनेक्टिभिटी राम्रो नभएमा काम नगर्ने भएकोले यो स्टोरेज त्यति बजारमा लोकप्रिय हुन सकेन। 

 

सामसुङको एयर भ्यू


यस फिचरबाट मोबाइल स्क्रिनमाथि औंला चलाएर कुनै फाइलहरु प्रिभ्यू गर्न सकिन्थ्यो।

यो फिचर जतिबेला लन्च गरियो त्यसबेला सामसुङले आफ्नो एप्समा मात्रै मिल्ने बनाएको थियो। त्यसैले यो सफल हुन सकेन।

अझै पनि यो फिचर पुराना ग्यालेक्सी स्मार्टफोनहरुमा देख्न सकिन्छ। 

 

सामसुङ ग्यालेक्सी बीमको प्रोजेक्टर

मोटो मड्स् सार्वजनिक हुनुभन्दा पहिले सामसुङले आफ्नो स्मार्टफोनहरुमा एक्स्ट्रा फङ्सनिङ राख्न निकै नै कोशिश गरेको थियो। यसको ग्यालेक्सी बीम स्मार्टफोनमा बिल्ट इन मिनी प्रोजेक्टर राखेको थियो। आइडिया राम्रो त थियो तर स्मार्टफोनको पावर कम भयो। त्यसैले प्रोजेक्टरबाट तस्विरहरु पनि राम्रो नदेखिएपछि यसले फ्लप खायो।
 

अमेजोन फायर फोन

अमेजोनले फायर फोन सार्वजनिक गरेको थियो।

यो एउटा साधारण स्मार्टफोन थियो जसमा डाइनामिक पर्सपेक्टिव फिचर राखेको थियो।

यसमा आइआर ब्लास्टर र क्यामेरा सेन्सर प्रयोगकर्ताको बडि मुभमेन्टलार्इ ट्रयाक गरेर डिस्प्लेको कन्टेन्ट मुभ गर्ने बनाइएको थियो।

यो फिचर मानिसहरुले केही समयका लागि रुचाए तर डेभलपर्सहरुबीच नै लोकप्रिय हुन नसकेपछि यसको आयु छोट्टियो।

 

मोटोरोलाको स्किप

मोटोरोला स्किप बजारमा ल्याउनुको पछाडि इम्प्रेसिभ आइडिया नै जस्तो देखिन्थ्यो। तर यो कहिले बजारमा आयो गयो पत्तो पनि भएन। खासमा स्किप म्याग्नेटिक चिप हो जसलार्इ स्मार्टफोनमा पेयर गरेर राख्न सकिन्थ्यो। प्रयोगकर्ताको फोनलार्इ यो स्ट्रिपको माथि स्वाइ गरेपछि फोन अनलक हुन्थ्यो। यस स्किपको समस्या भनेकै अनलकिङको लागि ५ देखि १० सेकेन्ड लाग्थ्यो जुन आफैमा धेरै समय हो। स्वाट्ट अनलक गर्नुको सट्टा म्याग्नेटिक चिपको प्रयोग गर्ने दुख को गरोस्। बजारमा यो ग्याजेट पनि सुपरफ्लप भयो। 
 

योटाफोनको इ पेपर डिस्प्ले

यो स्मार्टफोन साधारण एन्ड्रोइड सेट नै थियो फरक के मात्र थियो भने यसमा सेकेन्डरी इ पेपर डिस्प्ले राखिएको थियो।

कम्पनीको योजना अनुसार पछाडि राखिएको यस्तो डिस्प्लेबाट नोटिफिकेसन सजिलै हेर्न सकियोस् त्यसका लागि मेन डिस्प्ले अन गर्नै नपरोस्।

सेकेन्डरी डिस्प्लर्मा टेक्स्ट रिडिङ पनि गर्न सकिन्थ्यो। तर कम्पनीको यो प्लान हिट हुन सकेन। सुपर फ्लप नै भयो।