भिआइपी हिड्ने सडकमा मात्रै धुलो छोप्दै सरकार, मेलम्ची विस्तारमा खनिएको सडकमा अलकत्रा छर्किदै

बिजमाण्डू
२०७३ चैत्र १२ गते १२:३१ | Mar 25, 2017
भिआइपी हिड्ने सडकमा मात्रै धुलो छोप्दै सरकार, मेलम्ची  विस्तारमा खनिएको सडकमा अलकत्रा छर्किदै
काठमाडौं। मेलम्ची खानेपानी आयोजना विस्तारको क्रममा सडक खनेपछि काठमाडौं ‘डस्टमाण्डू’मा परिणत भयो।धुलाम्मे काठमाडौंले राजधानीवासीमा विभिन्न रोग समेत देखियो।

Tata
GBIME
Nepal Life


लाजिम्पाटको सडक सबैभन्दा पछि भत्किएपनि सबैभन्दा पहिला कालोपत्रे गरियो।यो सडक वरपर भारत,बेलायत लगायतका आधा दर्जन दूतावास छन्

आयोजनाले पाइपलाइन विस्तारको क्रममा सडकका पेटीदेखि सडकको मध्यभाग भत्काएर पाइपलाइन विस्तारले काठमाडौंका सडक धुलाम्य भए।यो धुलाम्य सडक तत्काल कालोपत्रे गर्न संसदीय समितिले निर्देशन दिए।दुर्इ महिनासम्म चुपचाप लागेको आयोजनाले केही सडकमा अलकत्रा हालेर धुलो छोप्ने प्रयास गरेको छ।

तर त्यो धुलो छोप्ने प्रयास पनि भिआर्इपी हिड्ने सडकमा मात्रै।राष्ट्रपति हिड्नेदेखि विदेशका पाउन आउँदा गिज्याउँने देखेर त्रिभुवन विमानस्थलबाट आउँजाउँ गर्ने स्थानमा मात्रै कालोपत्र गरेर धुलो छोप्ने प्रयास आयोजनाले गरेको हो।
 


व्यवस्थापिका संसदको वातावरणीय समितिले आम मानिसको स्वास्थ्यलाइ ध्यानमा राखी काम गर्न निर्देशन दिएपछि धुलो छोप्न खनेका ठाउँमाम कालोपत्रे गरिएको निर्माण कम्पनी शर्मा एण्ड शर्माका संचालक रमेश शर्माले बताए।


उनका अनुसार भिआइपी हिड्ने क्षेत्रमा अलकत्रा छर्कने काम भइरहेको छ।सबैभन्दा पछि पाइपलाइन विस्तार भएको लाजिम्पाट क्षेत्रमा अलकत्रा छरिसकिएको छ।यो स्थानमा धेरै विदेशी दूतावास छन्।ती दूतावासलार्इ देखाउनैका लागि समेत पहिलो प्राथमिकता दिइएको स्रोतले बतायो।
 
बत्तीसपुतली –गौशाला सडक खण्ड, एयरपोर्ट-तीनकुने सडक खण्ड,थापाथली लगायतका स्थानमा ठाँउहरुमा अलकत्रा छर्केर अस्थायी कालोपत्रे गरिएको छ । राष्ट्रपति कार्यालयको अगाडीको सडक खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको उनले बताए।
 
आयोजनाका निर्देशक तिरेशप्रसाद खत्रीले धुलो कम गर्नका लागि धुलो बढार्ने ब्रुमर चलाउँदै आएको बताए ।उनले  नियमित पानी छर्किएर धुलो नियन्त्रण गर्ने,खानेपानीका लागि खनिएका बाहेक अन्य सडकका खाल्डाखुल्डी तत्काल पुर्ने र जथाभावी टाँगिएका तार व्यवस्थित गरेर धुलो नियन्त्रणको प्रयास भइरहेको बताए।आयोजनाले छिटो काम गर्ने निर्देशन दिँदा धुलोको समस्या भएको निर्माण कम्पनीले जनायो।
 
पाइपलाइन विस्तारका लागि छ मिटर सडक गहिरो खन्नु पर्ने , खनेको एक दुइ दिन राखेर मात्र अस्थायी कालोपत्रे गर्नुपर्ने भएकोले सुकेर मात्र कालोपत्रे गर्न मिल्ने कम्पनीले जनायो।कम्पनीका अनुसार २/३ दिन त्यसै राखेर सुकाउँदा धुलो अत्यधिक धुलो उड्छ। पानी छर्किएर अस्थायी कालोपत्रे गर्न नमिल्ने भएका कारण धुलो उडेको उनीहरुको भनाइ छ। 
 
अहिले उपत्यकाका विभिन्न चालिस स्थानमा एकै साथ १ हजार २ सय कामदारले पाइपलाइन विस्तारको काम गरिरहेका छन्। बर्षायाम अघि नै पाइपलाइन विस्तारको काम सक्ने तथा पाइपलाइन विस्तार गर्दा भत्काएका सडकहरुमा कालोपत्रे गरिसक्ने योजना अघि बढाइएको खत्रीले बताए  । 
मेलम्ची खानेपानी वितरणका लागि ६ सय ७० किलोमिटर सडक भत्काउनुपर्ने देखिएको छ । आयोजनाले करिब ६ सय किलोमिटर सडक भत्काइसकेको छ ।