बेइजिङमा चल्दैछ चालकविहिन रेल, बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा चल्दैछ रेल

रासस
२०७३ चैत्र १२ गते ११:५५ | Mar 25, 2017
बेङजिङ। बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले शुक्रबार बताएका छन् ।

Tata
GBIME
Nepal Life

स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ शहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए। 

 
बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा यस्तो प्रकारको रेल चलाउनेगरी काम भइरहेको उनले बताए। मध्यम गतिको र आधुनिक रेल सञ्चालनका लागि सन् २०१७ भित्रमा सवै तयारी पुरा भइ सञ्चालनमा आई सक्ने अनुमान गरिएको छ ।