पशुपति मुरारकाको नेपाल हाइड्रोपावर कम्पनीको आइपिओ अाउँदै, धितोपत्र बोर्डले दियो अनुमति

बिजमाण्डू
२०७३ चैत्र ११ गते १६:४६ | Mar 24, 2017

काठमाडौँ। नेपाल हाइड्रो पावर कम्पनीले प्राथमिक शेयर निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको हो । 

Tata
GBIME
Nepal Life

नेपाल हाइड्रोले शेयर निष्कासनकोलागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । दोलखाको चर्नावती खोलामा कम्पनीको आयोजना बनेको छ ।कम्पनीले तीन दसमलब पाँच मेगावाटको आयोजना निर्माण गरेको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि १० प्रतिशत शेयर यस अघि नै  निष्कासन गरिसकेको छ। कम्पनीले अहिले सर्वसाधारणकालागि निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका सञ्चालक रहेको आयोजनाको कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान हुन्।

 
कम्पनीले १०० रुपैयाँ अंकित दरका दुई लाख ६० हजार कित्ता सेयर प्रभावितलाई निष्काशन गरिसकेको छ। कम्पनीको कुल सेयरमध्ये ७५ प्रतिशत संस्थापकसँग छ।