राष्ट्रिय वाणिज्य बैंकले विद्यालयलार्इ कम्प्युटर र ल्यापटप दियो, आवश्यक क्षेत्रमा सहयोग गर्ने

बिजमाण्डू
२०७३ चैत्र ११ गते ११:२५ | Mar 24, 2017
राष्ट्रिय वाणिज्य बैंकले विद्यालयलार्इ कम्प्युटर र ल्यापटप दियो, आवश्यक क्षेत्रमा सहयोग गर्ने
काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकले विभिन्न विद्यालयलार्इ कम्प्युटर हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विद्योदय मावि, सरस्वती निम्न मावि र राम अमर शहीद पुस्तकालयलार्इ चार थान कम्प्युटर तथा एउटा ल्यापटप हस्तान्तरण गरेको हो।बैंकका अध्यक्ष डा. रबिन्द्रप्रसाद पाण्डेले सामाजिक संस्था र्इश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीलार्इ कम्प्युटर हस्तान्तरण गरे।
 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिक्षा जस्तो पवित्र क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समाजलाई आवश्यक परेको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
 
कार्यक्रममा बैंकका संचालकहरु ज्ञानेन्द्रराज कोइराला, बटुकनाथ ढकाल, डा.रामदेब सिंह, नायब प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद बैद्य, नायव महाप्रवन्धकहरु सुशील श्रेष्ठ, केसवप्रसाद लम्साल, टेकराज जोशीको उपस्थिती थियो।