भक्तपुर फाइनान्सलाई गाभेर सेन्ट्रलले भोलीबाट एकिकृत कारोबार गर्ने, अपुग पूँजी हकप्रदबाट

बिजमाण्डू
२०७३ चैत्र ९ गते १४:०४ | Mar 22, 2017

काठमाडौं। सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स गाभिएर बिहीबारदेखि एकिकृत कारोबार गर्ने भएका छन्। एकिकृत कारोबार सेन्द्रल फाइनान्सको नामबाट हुने छ।

Tata
GBIME
Nepal Life

मर्जरपछि कर्पोरेट कार्यालय ललितपुरको कुपण्डोलमा हुने छ। गाभिएपछि चुक्ता पूँजी ५२ करोड ६ लाख रुपैयाँ पुग्ने छ। बाँकी पूँजी हकप्रद र वोनस सेयरबाट पुर्याउने कम्पनीले जनाएको छ।

निक्षेप दुई अर्ब ६४ करोड रुपैयाँ र ऋण लगानी दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ। शाखा चाहबिल, नारायणघाट, बुटवल र भक्तपुरमा हुने छ।