किशोर प्रधानको क्षेत्र मोरङमा पनि चुनावी गर्मी बढ्यो, वहुमतको दम्भ नदेखाउन चेतावनी

बिजमाण्डू
२०७३ चैत्र ८ गते ०९:३९ | Mar 21, 2017
किशोर प्रधानको क्षेत्र मोरङमा पनि चुनावी गर्मी बढ्यो,  वहुमतको दम्भ नदेखाउन चेतावनी

विराटनगर । नेपालकै जेठो उद्योग–वाणिज्य सङ्घको रूपमा चिनिने मोरङ व्यापार सङ्घको ६२औँ साधारण सभा आउँदो चैत २४ गते हुने भएको छ। सङ्घको आइतबार सम्पन्न कार्यकारी समितिको बैठकले चैत २४ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

सङ्घका अध्यक्ष एवम् सांसद् पवन शारडाले बैठकबाट साधारण सभा गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। अध्यक्ष शारडाका अनुसार साधारण सभाको बन्द सत्रले सङ्घको कार्यकारी समितिको निर्वाचनको मिति तोक्नेछ।

यस वर्षको साधारण सभाले सङ्घको आगामी दुई वर्षका लागि नेतृत्वको समेत निर्वाचन गर्ने हुँदा ब्यवसायबीच चासो बढेको छ।

अध्यक्ष शारडाले निर्वाचनमा पुनः उम्मेदवारी दिनसक्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि सङ्घभित्रको राजनीति अझ तरङ्गित भएको छ। यद्यपि सङ्घका गतिविधि र निर्णयमा पूर्व अध्यक्षहरूको रायसल्लाह पनि निर्णायक हुने गरेकाले सर्वसम्मतिले कार्यसमिति गठन हुने सम्भावना पनि त्यत्तिकै छ।

‘मसित यति भोट छन् भनेर कसैले दम्भ नगरे हुन्छ’, प्रभावशाली मानिने सङ्घका पूर्व अध्यक्ष शङ्करलाल अग्रवालले भने, ‘व्यापार सङ्घ बहुमत र अल्पमतको गणितबाट होइन सामाजिक मर्यादा र वरीयताको सम्मान गरेर चलेको संस्था हो।’

अग्रवालको चेतावनी थियो, ‘त्यसैले यस संस्थामा बहुमतको घमण्ड कसैले प्रदर्शन नगरून् ।’

केन्द्रको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले विराटनगर गएर उमेद्वारी घोषणा गरेका थिए।